Wednesday, October 21For your kind information
Shadow

नेकपाले MCC पास नगरे कांग्रेससंग मिलेर सरकार बनाउने ओलीको तयारी

काठमाडौ ।

संसदमा नेकपाको झण्डै दुई तिहाई,तर सरकार कांग्रेससँगको साझेदारीमा केही दिनभित्रै राजनीतिक क्षितिजमा पटाक्षेप हुन लागेको यो कुनै काल्पनिक प्रसंग हैन,समकालीन अन्तरसंघर्षको सम्भावित परिदृश्य हो । र,अर्को पनि आश्चर्यको खबर छ,संसदबाट अमेरिकी सहायता परियोजना एमसिसी ‘जसरी पनि’ पारित गराउने तयारी एमसिसी अनुमोदनसँगै जोडिएर

आउन लागेको हो, नेकपामा अध्यक्ष केपी ओली समूह र नेपाली कांग्रेसबीचको सत्तासहकार्य यो घटनाको शुरुवातस्वरुप केही दिनमै नेकपा संसदीय दलको बैठक आह्वान हुनसक्छ । सम्भवतः असार १० गते, बुधबार बोलाइने भनिएको नेकपाको स्थायी कमिटी बैठक फेरि पनि कुनै न कुन बहानामा स्थगित भई उक्त बैठकको सट्टा एकैचोटि संसदीय दलको बैठक बोलाइन सक्छ ।

बैठकको अध्यक्षता दलका नेता तथा प्रधानमन्त्री केपी ओलीले हैन, उपनेता सुवास नेम्वाङले गर्ने सम्भावना पनि उत्तिकै छ । भर्खरैमात्र प्रधानमन्त्री केपी ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई बोलाएर भनिसक्नुभएको छ, ‘संसदमा पोहोरै दर्ता भएर बसेको एमसिसी अघि बढाउनोस्,हैन भने तपाईंले सकेको तपाईं गर्नुस्,मैले सकेको म गर्छु ।

एमसिसी अनुमोदनका लागि सबभन्दा बाधक बनेकै नेकपा नेतृत्व हो । संसदीय दलको बैठकमा उक्त प्रस्तावले सर्वसम्मत अनुमोदन नहुनेबारे प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ । ‘यसकारण,त्यहाँ बहुमत र अल्पमतका आधारमा निर्णय गरिन सक्छ’, नेकपाका एक नेताले बताए । संसदमा पनि त्यहीअनुसार प्रस्ताव लगिने भएको छ । नेपाली कांग्रेसका ९० प्रतिशत सांसद एमसिसी

अनुमोदनको पक्षमा छन् । तर,शेरबहादुर देउवाले बाँकी १० प्रतिशतको जिम्मा पनि आफूले लिने बताउनुभएको स्रोतले जनाएको छ । यति भएपछि नेकपा विभाजनप्रायः स्थितिमा पुग्छ । र, सरकार पुनर्गठन हुन्छ । ‘एमसिसी विरोधी कित्ताका मन्त्रीहरु हटाइन्छन् र ती ठाउँमा नेपाली कांग्रेसले सिफारिस गरेका मन्त्री लगिन्छ’, स्रोतले बतायो ।

यसबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराइसक्नुभएको श्रोतको दावी छ । राष्ट्रपतिले आफूले बोलाएर पुगे जतिका नेतासँग यो स्थिति नआओस् भन्ने सुझाव दिनुभएको बताइन्छ । यसबीच, राष्ट्रपतिले भेट्नका निम्ति वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई समय छुट्याउनु भएको खबर छ । यो समाचार जनआस्थाबाट साभार गरिएको हो ।