Saturday, October 24For your kind information
Shadow

भीम रावललाई मन्त्री बनाएर भएपनि एमसीसी पारित गर्ने तयारी के यो होला त ?

काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा पनि एमसिसी संसोधन नगरी यत्तिकै पारित गर्ने पक्षमा छन। प्रधानमन्त्री ओलीले संसदमै भीम रावललाई जवाफ फर्काउँदै भनेका थिए, चोर ढोकाबाट होइन, मुल ढोकाबाटै ल्याएर एमसिसी पारित गरिन्छ । ओलीले यसो भनिरहँदा नेकपाका अर्का अध्यक्ष दाहाल मौन छन । जब कि यो अनुदान ल्याउन तत्कालिन प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराले पनि भूमिका खेलेका थिए ।

डाक्टर बाबुराम भट्टराई वर्षमान पुन खिलराज रेग्मी शंकर कोइराला सुशील कोइराला डाक्टर रामशरण महत शेरबहादुर देउवा पुष्पकमल दाहाल कृष्णबहादुर महरा बिष्णु पौडेल लगायतले प्रधानमन्त्री र अर्थ मन्त्रीका हैसियतमा एमसिसी ल्याउने प्रक्रियामा सहभागि भएर प्रत्यक्ष काम गरि सकेको यो सहायता रकम बारे अहिले नेपाली नेताहरु कै कारण अन्योल भएको छ ।

अहिले सम्झौता अगाडि बढाउन नेकपालाई नेपाली कांग्रेस र स्वयम् शेरबहादुर देउवाले दबाब दिइरहेका छन । ‘एमसिसीको सबैभन्दा धेरै विरोधमा उत्रिएका भीम रावललाई घनश्याम भुसाललाई जस्तै मन्त्री पद दिएपछि तह लागिहाल्छन् नि नेपाली कांग्रेस स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओलीले यस विषयमा माधव नेपालसँग पनि छलफल गरेको बुझिएको छ ।

त्यसपछि सम्झौता पास गर्न कसैले छेक्दैन । एमसिसी नेपालकै हितमा रहेको कांग्रेस स्रोतको दाबी छ भने नेकपा नेताहरुको ठूलो पङ्क्ति पनि यसलाई स्विकार्ने पक्षमा देखिएको छ । मूलतः साना वामपन्थी दलहरु र उग्र राष्ट्रवादी धारका व्यक्तिहरु यसको विरोधमा देखिएका छन ।

एमसिसीको बिरोध नीतिगत र नेतृत्वदायी तहमा भन्दा दल भित्र विपक्षमा रहेका, नेतृत्व प्रति असन्तुष्ट र समाजिक सञ्जाल तथा सडकमा बढी देखिएको छ । नेकपाले यसलाई निर्क्योल गर्न नेता झलनाथ खनाल नेतृत्वमा प्रदीप ज्ञवाली र भीम रावल रहेको समितिले भने जस्ताको तस्तै पारित नगर्न सुझाव दिएपछि अझै अन्योल थपिएको हो । श्रोत:- थाहा खबरबाट