Sunday, October 25For your kind information
Shadow

नेपालमा २० जनाको होईन दुई तिन जनाको मात्र कोरोनाले ज्यान गएको हो :प्रधानमन्त्री

काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो रहेको बताएका छन । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म मृत्यु भएका २० जनाको कोरोनाकै कारण मृत्यु नभएको दाबी गरे ।

उनले तीमध्ये दुई तीन जनाको मात्र कोरोनाबाट मृत्यु भएको बताए । ‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ । बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो, ’उनले भने । प्रधानमन्त्री ओलीले उपचार

विधि र नेपालीहरूको प्रतिरोधात्मक क्षमताका कारण निधन हुनेको संख्या धेरै कम रहेको जिकिर गरे । उनले विश्वको धेरै देशको तुलनमा नेपालमा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको जनाए । ‘प्रति १० लाखमा मृत्युदर ०.७ प्रतिशत छ । यो संसारको धेरै देशको भन्दा एकदम न्यून हो, ’उनले भने ।