Tuesday, October 20For your kind information
Shadow

आज भारतमा नेपाली झण्डा जलाइयो पुरा भिडियो सहित

काठमाडौँ ।

नेपालको संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा तथा निशान छाप पारित गरेसँगै भारतमा नेपालविरोधी आवाजहरू उठ्न थालेका छन् । लामो समयदेखि भारतको नियन्त्रण रहेको उक्त क्षेत्रलाई समेट्दै सरकारले नक्सा सार्वजनिक गरेसंगै भारत नेपालसँग चिढिएको हो ।

भारतीय मिडियाहरू नेपालमामाथि खनिइरहेका बेला भारतीय नागरिकहरूले पनि नेपालको विरोध गरिरहेका हुन् । आफूलाई अल इन्डिया मजजिस इत्तिहादुल मुस्लिमीनन पार्टीका कार्यकर्ता बताउने इसरार अहमद नामको फेसबुकबाट नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो सार्वजनिक भएको हो ।

त्यस्तै फेसबुकमा इसरारले भारतले नेपालमाथि सर्जिकल स्ट्राइकर गर्न समेत आग्रह गरेको छ । आफूहरूले कालापानीमा भारतको झण्डा फहराउने भन्दै भारतले नेपालको सीमा समेत सिल गर्नुपर्ने लगायत माग अघि सारेको छ । नेपालको झण्डा जलाइएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नेपालको छिमेकी मुलुकमा यसरी राष्ट्रिय झण्डा जलाइनुलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने प्रतिक्रिया समेत सामाजिक संजालमा आइरहेका छन् । राष्ट्रिय झण्डा जलाएको उक्त भिडियोलाई लिएर देश विदेशमा रहेका नेपालीहरूले खेद प्रकट गरेका छन् । हेर्नुहोस यो भिडियो ।