Saturday, October 31For your kind information
Shadow

लमजुङमा तालिका बनाएर व्यवसाय गरिने (यस्मा तँपाईको ताली वा गाली ?)

कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण लकडाउन हुँदा व्यवसाय धरापमा परेको भन्दै लमजुङमा तालिका बनाएर व्यवसाय सञ्चालन गरिने भएको छ । लमजुङ उद्योग वाणिज्य संघको वैठकले लमजुङमा तालिका बनाएर व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्ताे छ तालिका

खाद्यान्न तथा मासु पसल हप्ताको चार दिन (बिहान ६ बजेबाट ११ बजेसम्म), बैंक तथा वित्तिय संस्था हप्ताको तीन दिन (बिहान १० बजेदेखि १ बजेसम्म), रेष्टुरेन्टहरु अर्डरअनुसार डेलीभरी गर्ने, मदिराजन्य व्यवसाय हप्ताको तीन दिन (बेलुका ४ बजेदेखि ६ बजेसम्म), निर्माण सामाग्री हप्ताको तीन दिन (बिहान ६ बजेदेखि ११ बजेसम्म),

फेन्सी तथा कपडा र इलेक्ट्रीकल मोबाइल पसल हप्ताको ३ दिन (दिउँसो ३ बजेदेखि ६ बजेसम्म) र तरकारी तथा फलफूल तथा डेरीजन्य सामग्री हप्ताको सातै दिन (बिहान ६ बजेदेखि ९ बजेसम्म) र औषधीजन्य व्यवसाय नियमित संचालन गर्ने निर्णय भएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए ।

उनले भने ‘भौतिक दुरी कायम गरी तीन चार वटा पसलकोबीचमा साबुन पानीले हात धुने व्यवस्था मिलाएर व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएको छ । यस्तै सरकारले व्यवसायीलाई राहत दिनेबारे बजेटमा कुनै विषय पनि कुरा नसमेटेको भन्दै लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मामार्फत सरकारलाई व्यवसायीको लागि राहतको प्याकेज ल्याउन माग गरिएको संघका अध्यक्ष थापाले बताए । श्रोत: नया पत्रीका बाट