Friday, October 30For your kind information
Shadow

सशस्त्रले तोडयो भारतीय एसएसबीको दादागिरी आफ्नो जमिनमा नेपालीले खेति थाले

बेलौरी ।

भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले जहिले पनि महाकाली नगरपालिका ८ सुन्दरनगरका स्थानीय किसान लक्ष्मण पुन(मगर)लाई आफ्नै खेतमा जोत्दा अवरोध गर्दै आएका थिए । कहिले खेत जोत्न नदिने, कहिले अन्नबाली नष्ट गरिदिने, कहिले खेति गरिरहेकै अवस्थामा एसएसबीका जवान आएर अवरोध गर्दै आएका थिए । चार बर्ष अघि पनि हिउँदे बाली लगाउनका लागि खेत

पसेका लक्ष्मणलाई एसएसबीले जोत्न दिएको थिएन्, गत बर्ष मसुरो लगाएको खेतमा भारतीय नागरिकले ट्याक्टर लगाएर नष्ट गरिदियो । हालै बर्खेखेतीका लागि जेठ दोस्रो साता खेत जोत्दा एसएसबीले अवरोध गरिदिएपछि कञ्चनपुरको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिंह साहु विवादित क्षेत्र पुगे ।

बिहीबार बिहानै विवादित सीमा क्षेत्र पुगेको सशस्त्र प्रहरी बल कञ्चनपुरका कमाण्डर साहुले भारतीय सीमा सुरक्षा बल(एसएसबी), जनप्रतिनिधि एवं स्थानीयसंग घनिभूत छलफल गरेर बषौँदेखिको सीमा विवाद टुङ्गो लगाए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का डेपुटी कमाण्डर महेश कनियाल सहितका पक्षसंग छलफल गरेर भारतीय पक्षबाट बषौँदेखि हुँदै आएको विवाद टुङ्गो लागेको हो ।

‘अब दशजगा क्षेत्र पुर्वतिर नेपालीले कमाउन पाउँछन्, ‘उनले भने, ‘लामो समयदेखिको विवाद टुङ्गो लाग्यो । १७ नम्बर सीमा पिलरको विच भागबाट विवादित क्षेत्रतिर नापजाँच गरेर दुवैतर्फ १० / १०मिटर छाडेर नेपाल तर्फ नेपाली नागरिक र भारततर्फ भारतीय नागरिकले उपभोग गर्न पाँउनेछन । वार्ता लगत्तै लक्ष्मणले आफ्नो जमिन खनजोत गरेका छन् ।

बषौँदेखि आफ्नै जमिन जोत्न नपाएपछि पीडित भएका नेपाली नागरिक लक्ष्मणले खुसी व्यक्त गरे ।‘ सशस्त्र प्रहरी बलले मेरो बषौँदेखिको विवाद टुङ्गो लगाईदियो । अव निर्वाधरुपमा खेत खनजोत गरेर उपभोग गर्ने उनले बताए । नेपाल भारतको सीमा पिलर नजिक लक्ष्मणको अढाईकट्टा जमिन छ । उक्त जमिनमा एसएसबीले खेतपाती एव खनजोत गर्न दिएको थिएन् ।

यस अघि गत बर्ष उक्त खेतमा लगाएको मसुरो भारतीय नागरिकले ट्याक्टर लगाएर बाली नष्ट गरिदिएको थियो । तीन बर्ष अघि पनि भारतीय एसएसबीले लक्ष्मणलाई खनजोतमा अवरोध गरेको थियो । विस २०२४ सालदेखि बसोबास गर्दै आएका लक्ष्मणको परिवारले आफ्नो मातृभूमि निर्वाधरुपमा उपभोग गर्न पाएपछि हर्षित भएका छन् ।

महाकाली नगरपालिका जनप्रतिनिधि स्थानीय एवं सरोकारवाला पक्षले सशस्त्र प्रहरीको प्रसंशा गरेका छन् । विवाद विवादकै कारण नेपाली नागरिकले ज्यानै गुमाउनुपर्ने बाध्यता रहेको कञ्चनपुरमा उक्त विवाद सशस्त्र प्रहरीबाट समाधान भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

भारतसंग सीमा जोडिएको कञ्चनपुरको १ सय २९. ५ किलोमिटर सीमा दुरी मध्ये सुन्दरगरको सीमा विवाद टुङ्गो लगाएसंगै यसरी नै सशस्त्र प्रहरीले अन्य क्षेत्रको सीमा विवाद टुङ्गो लगाउनुपर्नेमा जोडदिएका छन् । यो खबर न्युज 24 नेपाल बाट लिईएको हो ।