Friday, October 30For your kind information
Shadow

अर्थ मन्त्रीज्यु किन्दा पैसा विदेशिने भए बिजुली गाडी देशमै बनाउँ -महाबिर पुन

काठमाडाैं । नेपाल आविष्कार केन्द्रका अध्यक्ष तथा विद्वान महावीर पुनले सरकारले आगामी वर्षकाे बजेटमा विद्युतीय सवारीमा लगाएकाे भन्सार तथा अन्तशुल्ककाे विराेध गरेका छन् । सरकारले अध्ययन नगरी र अनुमानका भरमा विद्युतीय सवारीमा कर लगाएकाे आराेप छ ।

उनले सामाजिक सञ्जाल (फेसबुक) मा प्रतिक्रिया दिँदै यस्ता सवारी किन्दा कसरी फाइदा हुन्छ भन्ने कुरा समेत सुझाएका छन् ।

विद्युतीय सवारी किन्दा कसरी फाइदा हुन्छ ?

१. बिजुली गाडीको कर कम गर्दा धेरै गाडी आयात भएर मुद्रा बाहिर जाने डर भएकोले कर बढाएको भनेर मन्त्रीज्यूले भन्नु भएछ । विदेशबाट बिजुली गाडी ल्याउँदा घाटा हुने भए सकेसम्म बिजुली गाडीहरु नेपालमै बनाउँ न त मन्त्रीज्यू । अहिलेलाई हवाईजाहज, रकेट र ठूला-ठुला चिज बनाउन नसके पनि बिजुलीले चल्ने र राम्रोसँग काम दिने बिजुली गाडीहरू नेपालमै बनाउन पक्कै सकिन्छ ।

सरकारको उचित नीति नियम सहित हुकुममात्र होस् त दुई-तीन वर्षभित्र त्यस्ता बिजुली गाडी बनाउने कम्पनहरू नेपालमा धेरै नै खुल्नेछन । सरकारले यो कुरा लेखेरै राखे हुन्छ ।

२. नेपालमै बिजुली गाडी बनाउने हो भने सो गाडीका लागि चाहिने सानातिना पाटपुर्जाहरू बनाउने अरू धेरै नै साना-साना घरेलु कम्पनीहरू पनि यहीँ खुल्नेछन् । यसरी हजाराैं रोजगारी सिर्जना हुन्छ, अर्थ मन्त्रीज्यू ! कि रोजगारी सिर्जना गर्न चाहनुहुन्न ?

३. ल, एकछिनलाइ तपाईंले भने जस्तो मानौ कि कर कम गर्दा बिजुली गाडी धेरै आयात हुने भयो र विदेशमा नेपाली पैसा जाने भयो । तर, धेरै बिजुली गाडीहरु ल्यायो भने पनि त देशलाई अझै फाइदा हुन्छ नि आर्थ मन्त्रीज्यू ! किनभने गाडी चलाउनको लागि चाहिने पेट्रोल र डिजेलको आयात त ह्वात्तै घट्न जान्छ । यसरी पेट्रोल र डिजेल आयात गर्ने पैसा बच्ने भएपछि फाइदा भएन त हजुर ?

४. अनि धेरैभन्दा धेरै बिजुली गाडी कैही नेपालमै बनाएर र केही विदेशबाट आयात गरेर चलायो भने पो नेपालमा उत्पादित बिजुलीले बजार पाउँछ त । अनि पो विद्युत् उत्पादनमा लगानी गरेका साना-ठ”ला कम्पनीहरू डुब्दैनन् । र, बिजुली पनि खेर जाँदैन । कि कसो ?

५. अर्को ठूलो फाइदा भनेको वातावरण पनि ता स्वच्छ हुन जान्छ । कोरोनाले गर्दा आजभोलि दुई महिना लक डाउन भएर पेट्रोल र डिजेलका गाडी नचलाउँदा काठमाडाैंबाट सगरमाथा देखियो नि त । अनि भारतको बिहारबाट पनि सगरमाथा देखियो रे त । साथै, संसारभरकै कुरा गर्ने हो भने तीन महिनामा धेरै गाडी नचलाउँदा उत्तरी ध्रुवको ओजोनको प्वाल पनि पुरियो रे । कति राम्रो र फाइदा भयो ? कुरा बुझ्नु भो ?