Wednesday, October 21For your kind information
Shadow

भारतले बाटाे खनेको थाहै पाइनँ पत्रीका पढेपछि थाहा भो, म त छक्क परेँ: प्रधानमन्त्री

काठमाडौ ।

अहिले हाम्रो देशमा रहेको कालापानी लिपुलेख जमिनमा भारत ले देश कोरोना ले गर्दा लकडाउन छ तेई मौका छोपी जबर्जस्त नेपाल लाई थाहा नदिएरै बाटो बनाएको कुरा अहिले हाम्रो नेपाल मा एकाएक सामाजिक संजाल मा पनि भाईरलर भएको छ । लिपुलेख र कालापानी नेपालको हो भारत ले मिच्न पाउदैन भनेर घोर बिरोध पनि चलेको छ ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय रक्षामन्त्रीले उद्घाटन गरेको खबर सार्वजनिक हुनुअघि भारतले नेपाली भूमिमा सडक खनेको भन्ने आफूले थाहा नपाएको बताएका छन् । लिपुलेक र कालापानीमा भारतले सडक खन्दै छ भन्ने मलाई कुनै जानकारी थिएन, मंगलबारको मन्त्रिपरिषद् बैठकमा ओलीले भने, ‘पत्रपत्रिकामा खबर आएपछि पो बल्ल थाहा भो, म त छक्क परें ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने भारतले सन् २०१२ देखि नेपालको पश्चिमी भूमिमा सडक बनाइरहेको सूचना सरकारलाई रहेको भनेर संसदलाई जानकारी गराइसकेका थिए । उनले आइतबार सरकारका तर्फबाट संसद् र संसदीय समितिलाई भारतले कालापानी र लिपुलेक क्षेत्रमा बाटो बनाइरहेको सूचना पहिले नै थाहा भएको बताएका हुन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।