Saturday, October 31For your kind information
Shadow

ब्रेकिङ न्युज: आज नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण

काठमाडौं ।

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगमा गरिएको परिक्षण कोेरोना संक्रमण देखिएको हो । थपिएका संक्रमित सबै पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा १ सय ९१ जनामा संक्रमण देखिएको छ भने ३३ जना डिस्चार्ज भएका छन् ।

साहारा सन्देश बाट एउटा सानो अनुरोध: अहिले बिश्वब्यापिक फैलिएको कोरोना भाईरस (कोभिड १९) ले देश नै चिन्तामा छ । नेपाल सरकारले दिएको लकडाउको पुर्ण तरिकाले पालाना गर्नुहोस । जरुरी काम बाहेक बाहिर नजानुहोस । कोहि आफ्नो साथिभाई आफन्त कसैलाई पनि आफ्नो घर मा बनोलाउनुहोस । अहिलेसम्म आजको मितिसम्म यो कोरोना भाईरस को कुनै पनि औसधि आएको छैन । भ्रम मा नपर्नुहोस ।