Friday, October 30For your kind information
Shadow

कथा: परदेशी प्रेम भाग: १८

लेखक:- निरन्जन ढकाल
भाग:- १८

उ केहि बेर सम्म बोलेन । मौन बस्यो । यता म परेलीबाट झरेका आशु आफ्नै हातले पुछ्दै बसे । केहि बेरमा मात्र उ बोल्यो ” अब तिमी सङ्ग लुकाउन पर्ने त्यस्तो केहि रहेन रोजी । तिमी आफै भनिदेउ सत्य के हो ?” मैले खुम्चिएको निधारमा सोधे ” कस्तो सत्य दिप ? के जान्न चाहान्छौ तिमी ?”

उ: के तिमीले सबै कुरा भनेकी छौ मलाई ? तिमीले तिम्रो बिगत म सङ्ग लुकाएकी त छैनौ ? यहाँ उस्को सङ्का देखियो । उस्ले सोच्दै थियो कि मैले लुकाए उ सङ्ग । तर अह म सङ्ग कुनै त्यस्तो बिगत थिएन, जुन मैले दिप सङ्ग लुकाउन परोस । सायद यती बेला मलाई भन्दा धेरै बिश्वाश भाइलाई गरेको थियो उस्ले ।

दुखेरै भनिदिए” मेरो बिश्वाश छैन है ?”

उ ” बिश्वाश छ रोजी । तर ? ”

मैले सोधे “तर के ? भनन दिप ।”

उ” केहि त होला ? जुन तिमीले भनेकी छैनौ अनि मैले सुनेको छैन । हावा नचली पात हल्लिन्छ र रोजी ?

उ मेरो पहिलो प्रेम । उ भन्दा पहिले मैले प्रेम के हो जानेकी थिइन । उ नै मेरो प्रेम थियो अनि उ नै मेरो प्रेमको परिभाशा ।

तर उस्लाई स्ङ्का थियो मेरो प्रेममा । यसै पनि म चरीत्रहिन भैसकेको थिए दिपको परिवारको अगाडी । यो दोश पराइ ले होइन, मेरै दिपको भाइले लगाएको हो । दिपले त मलाई अप्नाउला, तर के अब उस्को परिवारले मलाई अप्नाउन सक्ला ? म त गिरिसकेको थिए उहाहरुको नजरमा । अब कसरी उकासिन सक्थे ।

मैले बिचार गरेर भने” दिप । अब हामी नबोलुम है। अब हामी टाढिनु नै बेस हुन्छ दिप । परिवार भन्दा ठुलो केहि हुन्न । म चाहान्न कि मेरो कारण तिम्रो परिवारमा कुनै समस्या होस । म टाढा भैदिन्छु दिप तिम्रो लागी । सोच्नु यही कि एउटा चरीत्रहिन नारी तिम्रो जिवन बाट टाढा गै । तिमीले मलाई छोड्छु भनेका थियौ, तर तिमीले छोड्नु पर्दैन दिप । म आफै गैदिन्छु दिप, तिम्रो जिवन देखी धेरै पर ।”

उस्ले प्रश्न तेर्सायो “सक्छौ र म बिना बाच्न ?”

म “केहि छैन दिप । सके बाचौलानी, नसके मरौला । तिम्रो खुशीको निम्ती मर्नु कुनै ठुलो कुरा हैन मेरो लागी ।”

उस्ले भन्यो ” नाइ यस्तो कुरा नगर ।”

मैले भने ” तिमीलाई मेरो बिश्वाश छैन । थाहा छैन कुन जुनिको पाप को सजाय भोग्दै छु म । थाहा छैन मैले के गल्ती गरे । यती धेरै माया गर्दा पनि , मैले तिम्रो बिश्वाश जित्न सकिन । दिप अब नरोक्नु है मलाई ।”

उ केहि बेर चुप बस्यो । उ बाट कुनै जवाफ आएन । मेरो नयन भरि आशु थियो । मन भरि दुख । मस्तिस्क भरि डर । भन्न त भने उ बाट टाढा गैदिन्छु भनेर । तर सजिलो कहाँ हुन्छ र, आफ्नो प्रेम बाट टाढा जान ?

उ केहि बेर पछी मात्र बोल्यो ” रोजी काम छ अहिले गको है । पछी कुरा गर्छु । भाइले भनेको कुरामा चित्त नदुखाउ है ।”

म “हस । बाइ ।

यती भनेर उस्ले फोन काटिदियो । थाहा छैन उस्ले सत्य बोल्यो वा झुट बोलेर गयो । तर उ बोलेन म सङ्ग ।

मलाई अब एक्लै रुनु थियो । चित्त कसरी नदुखाउ, जवकी आफ्नै बारेमा यती धेरै सुने । मन त हो दुखिहाल्छ । नदुख्ने मन कुन छाती भित्र होला र ?

आँखा बाट पिडाहरु बगिरहे । मस्तिस्कले सोच्न लागयो ” भयो अब बोल्दिन दिप सङ्ग । यसै पनि मेरो चरीत्र नाङ्गो भैसक्यो उस्को अनि उस्को परिवारको अगि । म एक गलत नारी भैसके । म कुन मुख लिएर उभिनु त्यो सबै मुहारहरुको अगाडी । सायद अब टाढा जानु नै बेस होला । उस्को जिवन बाट टाढा गैदिन्छु ।”

यस्तै यस्तै सोचे । यो मनलाई पिडा भए पनि, दिपलाई पिडा दिन चाहान्न थिए । अब दिपको फोन नउठाउने अनि दिप सङ्ग कुरा नगर्ने निधो गरे । उस्को बाटो खोलिदिने निर्णय गरे । आफैलाई दुखाउने निर्णय गरे ।

म आफ्नै भागयलाई धिक्कार्दै बसे । म आफ्नै प्रेमलाई धिक्कार्दै बसे । म आशुका थोपा गन्दै गन्दै बसे । म ति पुरा नहुने सपनाको चिताहरु सजाउन थाले । म मेरो मृत प्रेमको लाश सजाउन थाले । दुखेको घाउ झन झन दुखाउन थाले ।

म तड्पिदै थिए ।फेरी पनि दिपको फोन आयो । दिपले कल गर्‍यो । म दोधारमा परे, उस्को फोन उठाउ कि नउठाउँ ?