Thursday, October 29For your kind information
Shadow

यो कस्तो जागिर ? युवतीलाई अँगालो हालेर सुताउनेलाई १ घण्टाको ८ हजार तलब

हामीले हरेक दिनेक न एक अचम्म को नौलो खबर सुन्छौ । तर यो अचम्म र अल्लि रोचक खालको छ । जागिर पनि हरेक किसिम को हामिले गर्छौ तर यो अल्लि फरक तरिका को र सुन्दा पनि अल्लि नराम्रो लाग्न सक्छ । दनियाँमा कस्ता कस्ता जागिरहरु हसुदो रहेछन् । एउटा यस्तै जागिरको अवशर अमेरिकामा आएको छ । यो जागिर अमेरिकाकी एकजना

महिलाले ल्याएकी हुन् । उनले अंगालो मारेर सुताएको एक घण्टाको करिब ८ हजार रुपैया दिन्छिन् । पछिल्लो समय ती महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् । उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा केवल अंकमाल गरेर सँगै सुत्छिन् । निकै प्रेमभावमा अंकमाल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिन्छिन् ।

अमेरिकाको केनजस सहरकी ती महिलाको नाम मेरी हो । मानिसहरुलाई अंकमाल गरी आलिंगनमा राखेर सुताएकै भरमा उनले वर्ष दिनमा झण्डै २० लाख रुपैयाँ बराबरको रकम कमाउँदै आएकी छिन् । मेरी एकजना व्यवसायिक सुसारे हुन् । उनले आफ्नो त्यो अनौठो सर्भिसद्वारा ग्राहकहरुलाई रिल्याक्स महसूस गराउँदछिन् । उनका अनुसार यसो गर्दा मानिसको शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जन हुन्छ ।

यसले मानिसलाई केवल खुसी दिलाउने मात्र होइन, तनाव पनि कम गरिदिन्छ । यस्तो थेरापीको एउटा सेसन १ देखि ४ घण्टा सम्मको हुन्छ । अंगालो हालेर सुताउने त्यो पद्धतिको लागि मेरीले केही कडा नियम बनाएकी छिन् । उनीसँग सुत्ने ग्राहकले पूर्णरुपमा जिउमा कपडा लगाएको हुनुपर्दछ र त्यस अवधिभर कुनै यौन सम्पर्कको इच्छा व्यक्त गर्नु हुँदैन ।

गर्मी महिनामा जाँगे लगाउन पाइन्छ तर जाँगे निकै छोटो हुनु हुँदैन । उनीसँग अँगालो हालेर सुत्नका लागि पुरुष तथा महिला समेत आउने गरेका छन् । त्यस्तै विवाहित दम्पत्तिहरु, अविवाहित तथा एकल महिला र पुरुषहरु पनि आउँदछन् । मेरी आफैं पनि प्रेममा छिन् । उनको त्यो अपरिचितलाई अँगालो हालेर सुत्ने पेशालाई उनका ब्वायफ्रेण्डले कुनै दखल पुर्याएका छैनन् ।

त्यो कुनै यौ’निक कार्य होइन र एउटा थेरापी मात्र हो भन्ने कुरा आफ्नो प्रेमीलाई जानकारी रहेको उनको भनाइ छ । यो पेशाले आफू स्वयंलाई पनि फाइदा भएको उनी बताउँछिन् । अहिले आफूलाई मिठो निद्रा लाग्ने, तनाव कम भएको र जिउमा स्फूर्ति पनि बढिरहेको उनको भनाइ छ । इज बिफोर डटकम बाट ।