Friday, October 30For your kind information
Shadow

सात वर्षीया संक्रमितका बाबु भन्छन छोरी रोइरहन्छे म सुन्नै सक्दिनँ

अहिले कोरोना भाईरस ले सारा बिश्वमा आतन्क मचाएको छ । देश नै पुरै लक्डाउन भएको छ । हाल एतिबेला नेपाल मा कोरोना भाईरस अल्लि धेरै मानिस मा देखिन थालेको छ । तेस्तै बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा सात वर्षीया बालिकादेखि ६० वर्ष उमेरका संक्रमितको उपचार भइरहेको छ । सात वर्षीयाका बाबु पनि संक्रमित छन् ।

उनी पनि आइसोलेसनमै छन् । आइतबार थ्रोट स्वाब परीक्षण गर्दा म र मेरी सात वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि हामी १५ जनालाई राति साढे १० बजेतिर एउटै एम्बुलेन्समा राखेर यहाँ ल्याइयो । त्यतिबेलासम्म छोरी मेरो काखमै थिई । ‘बाबा हामी कहाँ जाने ?’ उसले सोधिरहेकी थिई । मैले केही उत्तर दिन सकिरहेको थिइनँ । ऊ अझै डराइरहेकी छ ।

अस्पतालमा ल्याएपछि छोरीलाई र मलाई फरक कोठामा राखियो । छोरीले औंला छोड्न मानेकी थिइनँ । ऊ रुँदै कोठाभित्र गई । एउटै भवनमा विपरीत दिशाका कोठामा हामीलाई राखिएको छ । उसलाई एउटी महिलासँग राखिएको छ । छोरीले त्यो कोठाबाट बोलिरहेको, कराइरहेको, बाबा, अम्मी भन्दै चिच्याइरहेको सुन्छु । आइतबार राति १२ बजेतिर मलाई बोलाएकी थिई । छोरीको चिच्याहट सुनेर रातभरि सुत्न सकिनँ ।

छोरी चुलबुले स्वभावकी छे । खेल्न, खान, कार्टुन हेर्न मन पराउँछे । आजसम्म कहिल्यै आमाको काख छोडेर बसेकी छैन । घरमा एक्लै कहिल्यै बसिन । राति मेरो अँगालोमा निदाउने बानी थियो । अहिले त्यो कोठामा कसरी बसेकी होला, कोरोनाले भन्दा छोरीको चिन्ताले पिर लागेको छ ।
उता पत्नीले पटकपटक फोन गरेर छोरीको आवाज सुनाइदिनु भन्छे ।

म आफैं सम्पर्कमा छैन, सुतिरहेकी छ भन्दै झूटो बोल्छु । न छोरीको कोठामा खेलौना छ, न केही खाने कुरा । घरमा फलफूल, बिस्कुट, चक्लेट निकै खान्थी । आज (सोमबार) बिहान बिस्कुट चाहियो भन्दै कराइरहेको सुनेँ तर नर्स र कुरुवाले खासै वास्ता गरेनन् । मैले कुरुवासँग छोरीलाई बिस्कुट ल्याइदिनु भन्दा विवाद नै भयो । धेरै कराएपछि बिस्कुट र केही चक्लेट ल्याइदिए । उसलाई खेल्ने, रमाइलो गर्ने बालमैत्री वातावरण छैन ।

हिजैदेखि इन्टरनेट छैन । कम्तीमा टेलिभिजन या इन्टरनेट भएको भए ऊ कार्टुन हेरेर भुलिने थिई । रातभरि मच्छडले टोक्छ । यहाँ झुलसमेत छैन । म बस्ने कोठाको मूलढोका भाँच्चिएको छ । छोरी एकातिर, म अर्कोतिर । घरमा पत्नी एक्लै । छोरीलाई मसँगै राखिदिए पनि सम्झाउन पाउँथें । अभिभावकको साथमा हुँदा ढुक्क हुन्थी । आइसोलेसन हाम्रा लागि जेलजस्तै छ ।

ऊ चित्र भएका किताब हेर्न खुब मन पराउँछे तर यहाँ उसको मन भुलाउने न किताब छ, न खेलौना । आइसोलेसनमा राखिसकेपछि नागरिकले पाउनुपर्ने सबै सुविधा उपलब्ध गराउनुपर्ने हो । हामीलाई ज्वरो पनि आएको छैन । बिरामीको कुनै लक्षण छैन । संक्रमित टोल भएकाले आशंका लागेका व्यक्तिको थ्रोट स्वाब परीक्षण भइरहेको थियो । म पनि दुविधामा रहनुभन्दा जाँच गरिहालौं भनेर आफैं स्वाब दिन गएको थिएँ ।

गत शुक्रबार भेटिएका संक्रमितसँग मेरी छोरी कहिल्यै सम्पर्कमा आएकी थिइन, मैले पनि भेट गरेको थिइनँ । तर, रिपोर्ट पोजेटिभ देखियो । समाचार कान्तिपुर बाट फोटो गुगल बाट