Saturday, August 8For your kind information
Shadow

रणवीर बने टुहुरो, यस्तो थियो बुवा ऋषिको अन्तिम इच्छा १/१ सेयर गर्नुहोस

भारतका एक प्रख्यात अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीवार बिहान निधन भएको छ । मङ्गलवार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ऋषि कपूरका दाइ रणधीर कपूरले उनको निधन भएको पुष्टि गरेका छन । बुधवार रणधीर कपूरले भनेका थिए, “ऋषि अस्पतालमा क्यान्सरसँग जुधिरहेका छन । उनलाई सास फेर्न समस्या भइरहेको थियो ।

फेब्रुअरीमा पनि ऋषि कपूरलाई दुईपटक अस्पताल भर्ना गरिएको थियो । ऋषि कपूरले इमरान हाशमीसँग अन्तिम फिल्म द बडीमा काम गरेका थिए । उनले आफ्नो अर्को फिल्म दीपिका पादुकोणसँग हुने घोषणा गरेका थिए । यो फिल्म हलिउड फिल्म द इन्टर्नको रिमेक हो । ऋषि कपूर विगत दुइ वर्षदेखि क्यान्सरसँग लडाइ गरिरहेका थिए । सन् २०१८ मा ऋषि कपूर क्यान्सरको उपचारका लागि अमेरिकाको न्यूयोर्क गएका थिए ।

ऋषि कपूरका नजिकका मित्र प्रख्यात भारतीय अभिनेता अमिताभ वच्चनले ट्वीटमा भनेका छन्, “ऋषि कपूर रहेनन । उनले अलविदा भने । यो असैह्य छ ।” उनको निधनप्रति गम्भीर दुःख व्यक्त गर्दै अभिनेता अमिताभ बच्चनले अगाडी लेख्दै भनेका छन् आफू ‘क्षतविक्षत’ भएको उल्लेख गरेका छन् । बच्चनले ट्वीट गरेका छन, ‘उनी गए… ऋषि कपूर गए… भर्खरै बिदा भए… म खण्डित भएँ । अस्पतामा अन्तिम सास लिँदै गर्दा उनको वरिपरी श्रीमती नीतु कपूर तथा छोरा रणवीर र छोरी रिद्धिमासहित परिवारका सदस्य रहेको जनाइएको छ ।

सामाजिक सञ्जालमा निकै सक्रिय ऋषिले अप्रिल २ यता केही पोस्ट गरेका थिएनन । त्यस अगाडि उनले दीपिका पादुकोणसँग फिल्म खेल्न लागेको घोषणा गरेका थिए । ६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो । ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् । त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन ।

अमेरिकाबाट फर्किएपछि रणबीर कपुर आफ्ना आमा–बुवाको घरमा फिर्ता जाने योजना बनाइरहेको रणवीर । रणबीर कपूरका एक आफन्तले पत्रिकासँग कुराकानी गर्दै भने, ‘हालको परिस्थिती (ऋषि कपुर बिरामी भएपछि) ले रणबीरलाई उनका आमा–बुवासँग नजिक ल्याएको छ । उनी आफ्ना आमा–बुवासँग धेरैभन्दा धेरै समय बिताउन चाहन्छन् ।’ एक पत्रिका सँग कुरा गर्दै ऋषि कपुरले अमेरिकाबाट भने, म पुनः काम गर्नका लागि उत्सुक छु ।

धेरैले मेरो लगातार सोधपुछ गरिरहनुभएको छ । संजय दत्त नियमित रुपमा सम्पर्कमा छन । वास्तवमा मलाई भन्दा मेरी श्रीमतीलाई मेरो स्वास्थ्यबारे सोधिरहनु भएको छ । अमेरिकाबाट फर्केपछि ऋषि कपुर केहि दिन आराम गरेर रणवीरको बिहे गराइदिने तयारीमा लाग्दै थिए पण्डितसँग विवाहको साइत हेर्दै थिए । पण्डितसँग भेट्ने मिति तय भएको छ । उनीहरुको विवाह भने यही वर्षभित्र हुनेछ मेरो इच्छा पनि यहि छ भन्दै ऋषिले पत्रिकासंगको कुराकानीमा बताएका थिए ।

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको प्रेम दुवैको परिवारमा पनि स्वीकार्य भइसकेको थियो । रणवीरका बाबु ऋषि कपुरले त आलियालाई चाँडो भन्दा चाँडो बुहारी बनाएर भित्र्याउने चाहना प्रकट गरेका थिए । तर उनको चाहान अधुरो नै रह्यो । अबिबाहित रणवीर टुहुरो बने । एक अन्तरवार्तामा ऋषिले भनेका थिए, ‘मैले २७ वर्षको उमेरमा नै बिहे गरिसकेको थिएँ । रणवीर त ३७ वर्ष पुगिसक्यो । म चाहन्छु उसले चाँडो भन्दा चाँडो बिहे गरोस् ताकि मर्नुभन्दा अगाडि नाति नातिना खेलाउन पाइयोस् ।

यद्यपि आफूले छोरालाई बिहेको लागि दवाव भने नदिएको उनले बताएका थिए । तर नाति नातिना खेलाउँने रहर मात्र हैन छोरा बेहुला बनेको सम्म हेर्न पाएनन । उनलाई क्यान्सर रोगले यो संसारबाट अल्पआयुमा नै खोसेर लग्यो । नीतुले बेलाबेलामा बिबाहको कुरा झिकिरहने गरेको ऋषी बताउँथे । उसले विभिन्न बहाना बनाएर टार्दै आएको छ,’ ऋषिको भनाई थियो । आलियासँग रणवीरको प्रेमका विषयमा प्रश्न गर्दा ऋषिले जवाफ दिन्थे, ‘यो सबैलाई थाहा भएकै कुरा हो ।

छोराको च्वाइसमा मेरो कुनै आपत्ति छैन । उसले चाहेको केटी बिहे गर्न सक्छ । अभिनेत्री नितु सिहंसँह विवाह-वन्धनमास बाँधिनु अघि दुबैजनाले सन् १९७३ देखि ८१ को अवधिमा एक दर्जन सिनेमामा काम गरेका थिए । उनले जीवनकालमा ५१ सिनेमामा सोलो हिरोको रुपमा काम गरे जसमा ११ वटा सिनेमा मात्रै वक्सअफिसमा सफल भए भने मल्टिस्टाररतर्फ काम गरेका ४१ सिनेमामा २५ सिनेमा मात्र सफल भएका थिए ।