Saturday, October 31For your kind information
Shadow

अमेरिकामा अचम्म: महामारिको बेला न्युयोर्कमा अब अनलाइन बिहे गर्न पाइने

अमेरिकाको न्युयोर्कमा विवाहका लागि अनलाइन बाटै आवेदन फारम भर्न पाइनेछ । सम्बन्धित अधिकारिहरुले पनि विवाहको भर्चुअल कार्यक्रम सञ्चालन गर्न पाउनेछन ।

 

कोरोना भाइरसको संक्रमणको महामारी नियन्त्रण गर्ने प्रयासमा त्यहाँका गभर्नर एन्ड्रु कोमाउले अनलाइन विवाहको अनुमती दिने आदेशमा हस्ताक्षर गरेका हुन ।

 

आउदैँ गरेको मे १५ तारिखसम्म न्युयोर्कमा प्रतिबन्धनात्मक व्यवस्था लागू हुने निर्णयसँगै यस्तो कदम चालिएको हो । कोरोना भाइरसको संक्रमणका कारण हालसम्म १४००० ले ज्यान गुमाइसके र यो संख्या बढ्ने क्रममा रहेको छ ।

परिवारका सदस्य र इष्टमित्र नै सहभागी हुने नसक्ने अवस्थामा विवाह समारोह आयोजना गरेको भन्दै कतिपयले प्रश्न पनि गरेका छन । कतिपयले भने महामारिका बेला विवाहले स्वास्थ बिमाबाट व्यावहारिक लाभ हुन सक्ने बताएका छन ।

साथै संयुक्त अरब इमिरेट्स (युएइ) ले पनि आफ्ना देशका नागरिकले तथा त्यहाँ बस्दै आएका नागरिकले पनि अनलाइन मार्फत विवाह गर्न पाउने घोषणा गरेको छ ।

यस्तै खालको विवाह अमेरिकाको कोलोराडो राज्यमा पनि लागू गरिएको छ । त्यहाँ पनि न्युयोर्क जस्तै अनलाइन आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ ।