Saturday, October 31For your kind information
Shadow

काठमाडौँबाट मानिसहरुलाइ बाहिर पठाउने निर्णय रद्द: पूरा पढ्नुहोस

लकडाउनका कारण राजधानी बाहिरको आफ्नो घर जान नपाएकाहरुलाई सम्बन्धित स्थानमा पुर्याइदिने आफ्नै निर्णयबाट सरकार पछि हटेको छ ।

 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका हुन् ।

उनले अहिले उपत्यका बाहिर पठाउनका लागि त्यस्तो कुनै तयारी नै नभएको बताए ।कोभिड १९ संक्रमण रोकथाम तथाउच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि मन्त्री नेम्‍वाङ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगेका थिए।

मन्त्री नेम्‍वाङले भने, हामीसँग पर्याप्त स्रोत र साधन छैन। तत्काल उपत्यकाबाट बाहिर कसैलाई पठाउन सकिँदैन।

यद्यपि मन्त्री नेम्वाङले भने काठमाडौंबाट बाहिर पठाउने विषयमा छलफल भने भइरहेको बताए। प्रतिकृया दिनुहोला । सक्दो सियर गर्नुहोस ।