Wednesday, October 21For your kind information
Shadow

घरधनिलाई चेतावनी: चैत महिनाको भाडा लिए कारवाही हुने (पुरै पढ्नुहोस)

विश्वब्यापी माहामारी रुप लिएको कोरोना भाइरसका बेला चैत महिनाको भाडा लिने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ ।

मन्त्रिपरिषदको आइतबारको बैठकले सबै घरधनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको थियो ।

 

सरकारका प्रवक्ता तथा अर्थमन्त्रीमन्त्री डा. युवराज खतिवडाले देशैभरिका घरधनीलाई चैत्र महिनाको भाडा नलिन आग्रह गर्दै भाडा लिने घरधनीलाई कारबाही गर्ने उल्लेख गरेका छन् ।

सरकारले सबै घरधनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको छ’ उनले भने ‘यो घरधनीलाई सरकारले कर छुट गरेको छ । त्यही भएर एक महिनाको भाडा नलिन भनिएको हो ।

सरकारको निर्णय र आग्रह बेवास्ता गरी भाडा लिए त्यस्ता धरधनीलाई सरकारले एक्सन लिन्छ । मन्त्री खतिवडाले एक महिनाको भाडा नलिँदैमा घरधनी टाट पल्टिने अवस्था नरहेको समेत बताए ।

अर्थमन्त्री युवराज खतिवडाको यस्तो निर्णय भने प्रसंसनिय रहेको छ । काम नगरे भाडा तिर्न सकिँदैन । काम त परै जाओस यो बेला घरबाट निस्कन पनि मिलेको छैन ।

यस्तो बेला भाडा माग्ने घरधनिलाई कानुनी फन्दामा पुर्याउन जरुरी छ । कतै भाडा लिएको पाइयो भने निर्धक्क भएर कम्प्लेन गर्नुहोला ।

थप समाचार: नेपालमा आर्का पनि कोरोना संक्रमित भेटिएका छन । छैठौं केसका मानिस दोहा ट्रान्जिट हुँदै नेपाल आएको खुलेको छ । बाँकी खबरका लागी हामीसँग बनिरहनुहोस । पेजलाई लाइक गर्नुहोस ।