Friday, October 30For your kind information
Shadow

२ जना नेपालिलाई कोरोना भाइरस लागेको पुष्टि: पुरै पढ्नुहोला (सावधान रहनुहोस)

संयुक्त अरब इमिरेट्स (दुबई) मा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन् ।

यससँगै यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ । नेपालमा भने कोरोना छिरेको र कसैलाई असर गरेको औपचारिक समाचार आएको छैन । सबै नेपालीलाई कोरोना भाइरसबाट हुने असरबाट सुरक्षित रहनका लागि आग्रह गरिन्छ ।

मुखमा मास्क अनि तातो खाने कुराहरु साथै बेला बेला मा साबुन पानीले हात धुने पनि गर्नुहोला । प्रतिक्रिया दिनुहोला ।