Saturday, October 24For your kind information
Shadow

दर्शन गर्न सुतेरै पस्न पर्ने र सुतेरै निस्किन पर्ने गाईले पत्ता लगाएको गुफा (त्याहा गएपछी सबै चहेको कुरा पूरा हुने अनुमान)

खोटाङ – परापूर्वकालमा गार्ईले पत्ता लगाएकोे भनेर चिनिने खोटाङको अर्खैलेस्थित गुप्तेश्वर महादेव गुफा आझेलमा परेको छ ।

दर्शन गर्न सुतेरै पस्न र निस्कनुपर्ने अनौठो किसिमको गुप्तेश्वर महादेव गुफा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित दुक्सिलीमा अवस्थित छ ।  कालो चट्टानले बनेका गुफामा थुप्रै शिला देख्न सकिन्छ ।

ती सबैको धार्मिक मान्यताअनुसार नामकरण गरिएका छन् ।  त्यसमध्ये डेढ फिट उचाइको शिलालाई गुप्तेश्वर महादेव भन्ने गरिन्छ । गुफाभित्रको विशाल शिलाबाट चौबीसै घण्टा तपतप पानी चुहिरन्छ ।

गुफा पस्ने र निस्कने ठाउँमा गार्ई आकारको शिला टाढैबाट प्रस्ट देख्न सकिन्छ । गुप्तेश्वर महादेव विसं १७२६ सालमा पत्ता लागेको हो भन्ने विश्वास गरिइएको छ ।

अर्खौलेका स्थानीय बुढापाकाका अनुसार सोही ठाउँका सुवोध राईको एउटा ब्याउन लागेको गार्ई उसबेला गोठबाटै हराएको थियो । गोठबाटै हराएको गार्ई खोज्दाखोज्दै महिनौँ बित्यो ।

अहिलेको गुप्तेश्वर महादेव गुफा पारिपट्टि थियो सुवोधको गार्ई गोठ उज्यालो भएपछि सुवोध त्यहाँ पुग्दा गार्ईले धान खाइरहेको देख्दा तीनछक परेका थिए । सपनामा देखेको गार्ईले विपनामा धान खाइरहेको देख्दा अचम्म लाग्नु अस्वाभाविक भने होइन् ।

उसुवोध धान खाइरहेको गार्ईनजिक पुग्दा गार्ई हराउँथ्योे । गार्ईधनी दुई÷चार दिन त्यसरी धान खाइरहेको गार्ईको पछि लागेका थिए ।  आवाज पहिल्याउँदै जाँदा धान खाइरहेको देखेको गार्ई गुफाभित्र देखिएको थियो ।

मानिस पस्न र निस्कन अप्ठ्यारो गुफाबाट गार्ई निकाल्न त्यति सजिलो थिएन । एक्लैले गार्ई निकाल्न नसक्ने भएपछि सुवोधले गाउँलेसँग हारगुहार मागे । सहयोगी लिएर गएका सुवोधसँगै गुफा पुगेकामध्ये केहीभित्र पसे र केही बाहिरै बसे ।

भित्रकाले गार्ई धकले । बाहिरकाले दाम्लोको सहाराले ताने तर गार्ई निकाल्न सकिएन । गार्ई निकाल्न सहयोग गर्न पुग्नेले भने, “गार्ई निकाल्न सकिँदैन, माया मारौँ ।” त्यसो भन्दै सहयोगी घर फर्के ।आफ्नो गार्ईको माया लाग्नु स्वाभाविकै थियो सुवोधलाई ।

सुवोधले मनमनै सोचे, “मलाई भगवान्ले छल त गरेन १” सुवोधले मनमनै आराधना गरे । पूजाआजामात्रै होइन, भाकलसमेत गर्न भ्याए । त्यत्ति गरेपछि गुफाबाट गार्ई सजिलै बाहिरियो ।

त्यत्रा सहयोगीसहित निकाल्ने प्रयास गर्दा निकाल्न नसकिएको गार्ई गार्ईधनी सुवोध एक्लैले निकाले । त्यसपछि यस गुफालाई ‘गुप्तेश्वर महादेव गुफा’ भन्न थालिएको हो । गुप्तेश्वर महादेव गुफा त्यति पुरानो मानिए पनि यसको प्रचारप्रसार र प्रवद्र्धन भने हुन सकेको छैन ।

गुप्तेश्वर महादेव गुफामा पाँच वर्षअघिदेखि मात्र आन्तरिक तथा वाह्य पर्यटक पुग्ने गरेका अर्खोलेका स्थानीवासी बताउँछन् । अहिले भारत, भुटान, श्रीलङ्का, ताइवान, कोरिया, सिङ्गापुर, हङ्गेरी र हल्यान्डलगाइतका बौद्ध धर्मावलम्बी गुप्तेश्वर महादेव टेकिसकेको पूजारी हीराधन राईले बताउनुभयो ।

पछिल्लो समय गुप्तेश्वर महादेव गुफा पर्यटकीस्थल बन्दै गएको वडाध्यक्ष ज्ञानबहादुर पुरीले बताउनुभयो । गुप्तेश्वर महादेव गुफा आसपासमै पार्वतीथान र सिकारीथानसमेत रहेका छन् ।

छेउमै बगेको कलकल पानीले गुप्तेश्वर पुगेकालाई आनन्दित तुल्याउँछ । गाउँको पुछारमा रहेकाले शान्त वातावरण छ । खोलाछेउ मात्रै होइन, घनाजङ्गलबीचमा भएकाले गुप्तेश्वर पुगेकाले शीतल अनुभूति गर्छन् ।

त्यहाँसम्म पुगेका आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि केही पसलसमेत खोलिएका छन् ।एकान्त ठाउँमा रहेको उक्त गुप्तेश्वर महादेव गुफामा बर्खाभन्दा हिउँदमा पर्यटक धेरै आउने गरेको स्थानीयवासीले बताएका छन् ।

गुप्तेश्वर महादेव गुफाको केही माथिसम्म यातायातका सावरी साधन पुग्ने गरेको छ । सडकमा सवारी साधन पार्किङ गरेर करिव १० मिनेट पैदल हिँड्नुपर्छ ।