Saturday, October 24For your kind information
Shadow

न त बच्चा नै रह्यो न त श्रीमती नै रहिन (अस्पतालले खाइदियो भन्दै रोए श्रीमान)

सुनसरीको धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानमा डेलिभरी गराउन गएकी इटहरी–४ की लक्ष्मी बुढाथोकीको मृ त्यु भएको छ ।

 

गत १२ गते डेलिभरी गराउन वीपी प्रतिष्ठान पुगेकी बुढाथोकीको अस्पतालको लापरवाहीकै कारण मृ त्यु भएको आफन्तहरुले आरोप लगाएका हुन् ।

बुधबार बिहान सम्म आमा र बच्चाको अवस्था राम्रो छ डाक्टरले भने पनि राती करीब एक बजेको समयमा आमा र बच्चाकै मृ त्यु भएको भनेर अस्पतालले गम्भिर त्रुटि गरेको मृतकका छिमेकी विक्रम थापाले बताए ।

आफ्नो सन्तान जन्माउन अस्पताल आएपनि अस्पतालकै कारण आफुले श्रीमती र शिशु गुमाउनु परेको भन्दै मृतकका श्रीमान विनोद बुढाथोकीले चरम लापरवार्ही गरेको अस्पताललाई कारबाही गर्न माग गरेका छन् । भिडियो हेर्नुस्