Saturday, August 8For your kind information
Shadow

१० बर्ष प्रेम सम्बन्धमा रहेकि प्रेमिकाले धोका दिएपाछि सप्तकोसीमा हामफाले राजेश

इटहरी / प्रेमिकाले धोका दिएको भन्दै इटहरीका एक व्यवसायीले सप्तकोशी नदिमा हाम फालेका छन् । अन्दाजी ३० वर्षीय राजेश बानियाँले आज साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोशी पुलबाट हाम फालेका हुन् ।

 

अपरान्न साढे चार बजे कोशी पुलमा को ३७ प ७ नम्वरको रातो कालो बुलेट र लगाएको जुदा, हेल्मेट, मोटरसाइकको बिलबुक र लाइसन टाइल पासगरेको कागज सहित कोशि पुलबाट हाम फालेको प्रत्यक्षदर्शीहरूले बताएका छन्को।

सीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्विरसहित स्टाटस लेखेका छन् ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो ।

केही छैन,आशा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौ ।

कोसीमा हाम फालेलगत्तै पानी बोटमा सवार यात्रुहरूले बाँस दिएर बचाउने कोशिस गरे पनि उनले बाँस नसमातेको प्रत्यक्षदर्शीले बताएका छन् ।