Tuesday, October 27For your kind information
Shadow

हिन्दु धर्मको अपमान: स्वस्थानीको पाना च्यात्ने अभियानको प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि सांसद यसोदा सुवेदी गुरुङले महिनावारी हुँदा छोइछिटो गर्ने परम्परालाई मजवुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमीका कथाहरु च्यात्नुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले धार्मिक अन्धविश्वास र परम्परालाई भत्काउने मजबुत खालको अभियानको खाँचो परेको बताइन् । छाउ संस्कार भत्काउन सरकार, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज सबैको संयुक्त प्रसासमा सशक्त अभियानको खाँचो छ । छाउपढी बार्ने कुरीति र कुसंस्कारबाट नेपाली महिलालाई मुक्त गर्न गृह मन्त्रालयले सुरु गरेको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य भएको सांसद सुवेदीले बताइन् । ‘सदियौंदेखि नेपाली महिलालाई जकडेर राखेको कुरीति भत्काउन छाउगोड भत्काउनुमात्र पर्याप्त हुँदैन’ उनले भनिन् ‘बारीका ढिक भत्काएर छाउगोठ भत्काएर मात्र के गर्नु ? मान्छेको मन मष्तिस्कबाट बाट भत्काउन जरुरी छ ।