Saturday, October 24For your kind information
Shadow

ब्रह्माण्ड बारे यी आस्चर्यजनक तथ्य जो हरकोहि लाई थाहा छैन।

सामान्यत: पृथ्वीको वायुमण्डल भन्दा बाहिर आकाशमण्डलको सम्पुर्ण भागलाई अन्तरिक्ष भनिन्छ । पृथ्वीको सतहदेखि लगभग १०० कि.मी. माथिबाट अन्तरिक्ष शुरु हुन्छ, जहाँबाट पृथ्वीलाई ढाकेको वायुमण्डलको तह सकिन्छ ।

 

अन्तरिक्षसम्बन्धि घटना तथा यस बिषय चाखलाग्दो र रोचक हुने गर्छ ।वैज्ञानिकहरु पनि अन्तरिक्षबारे रहस्य कुराहरु खोताल्न उत्तिकै तल्लिन छन् ।

वैज्ञानिक खोज, अध्ययन तथा अनुसन्धानबाट अन्तरिक्षबारे हालसम्म धेरै जानकारी तथा तथ्यहरु प्राप्त भईसके पनि अझै धेरै विषयहरु रहस्यमय नै छन् ।

आज हामी तपाईहरुलाई अन्तरिक्षको केहि यस्ता रोचक तथ्यहरुबारे जानकारी दिदैछौँ, जस्ले तपाईलाई चकित पार्न सक्छ ।

– अन्तरिक्षमा लगाउने पोशाक (अन्तरिक्षयात्रीले लगाउने सुट) बनाउन करिब १२ मिलियन डलर खर्छ हुन्छ ।

– कुनैपनि अन्तरिक्षयानलाई वायुमण्डलबाट बाहिर जानको लागि कम्तिमा पनि ७ मील प्रति सेकेन्डको गति आवश्यक पर्दछ । तर, यस्तो हुनुको कारण भने अहिलेसम्म थाहा छैन ।

– अन्तरिक्षयात्रिको अनुसार स्पेसमा वेल्डिंगको धुँवा र तातो धातुको जस्तो गन्ध आउँछ ।

– तपाई अनतरिक्षमा कहिल्यै पनि रुन सक्नुहुन्न । किन कि, तपाईको आँखाबाट आँसु तल झर्दैन ।

– स्पेसमा अन्तरिक्षयात्रिले पाद्न पनि सक्दैन । किनकी, त्यहाँ त्यो गुरुत्व छैन जो पेटको ग्याँसलाई अलग गर्न सकोस् ।

– तपाईलाई पत्यार नलाग्न सक्छ ! तर यो तथ्य हो कि, अन्तरिक्षमा यदि धातुको दुई टुक्रालाई एक-आपसमा स्पर्स गराउने हो भने त्यो स्थायी रुपले जोडिन्छ ।

– कम गुरुत्वाकर्षणको कारण अन्तरिक्षमा मानिसको पिठ्युको हाड फुक्का हुने गर्छ । यदि यस्तो अवस्थामा कोही अन्तरिक्षयात्रि आफ्नो पिठ्युलाई तन्काएर सिधा गर्छ भने त्यतिबेला उनको लम्बाई २.२५ इन्चले बढ्छ ।
– अन्तरिक्षमा जाने हर अन्तरिक्षयात्रिले कमजोरीको सामना गर्नुपर्ने हुन्छ । यसको कारण स्पेसमा गुरुत्वाकर्षण नहुनाले हो । यस्तो कमजोरीबाट मुक्त हुन एक यात्रीलाई लगभग २-३ दिनसम्म लाग्छ ।

– सन् १९६२ मा अमेरिकाले अन्तरिक्षमा हाइड्रोजन बम विष्फोट गरेको थियो जुन जापानको हिरोसिमामा गरिएको बम भन्दा १०० गुणा शक्तिशाली थियो ।

– अनरिक्षमा पहिलो सेल्फी सन् १९६६ मा ‘वज एल्ड्रिन’ ले खिचेका थिए । हाल यसको मुल्य ६ लाख रुपैयाँ रहेको छ ।
– हाल नासाले अन्तरिक्षयात्रिको लागि थ्रीडी पिज्जाको विकसित गरिरको छ ।

– अन्तरिक्षमा यात्रीलाई खाना खान पनि मुस्किल हुन्छ । यात्रीले खानामा नुन तथा खुर्सानी छिट्न पाउदैनन् । किनकि, त्यो हावामा तैरिएर यता-उती बहकिएर यात्रीको आँखामा पर्ने खतरा हुन्छ ।

– अन्तरिक्षमा यदि तपाईको कानको नजिकै आएर कसैले चिच्यायो भने पनि तपाई सुन्न सक्नुहुन्न । किनकि त्यहाँ ध्वानि प्रसारणको लागि कुनै माध्यम छैन ।

– इन्टरनेस्नल स्पेस स्टेसनको आकार एक फुटबल मैदान जत्रो छ ।

– अन्तरिक्षबाट सुर्य कालो देखिछ ।– यदि मानिसलाई बिना कुनै सुरक्षा अन्तरिक्षमा छोडिदिने हो भने, मानिस केवल दुई मिनेट मात्र जिवित रहन सक्छ ।

– अमेरिकन अन्तरिक्ष यात्रिले अन्तरिक्षबाटै चुनावमा भोट हाल्न सक्छन् ।

– अनरिक्षमा ज्यादा समय रहने यात्रीको मुटुको आकार थोरै गोलाकार हुने गर्छ ।

– जब अन्तरिक्षयात्री अन्तरिक्षबाट फर्किएर पृथ्वीमा आउछ तब उसलाई पृथ्वीको गुरुत्वाकर्षणमा घुलमेल हुन समय लाग्ने गर्छ । उनीहरु अन्तरिक्षमा जस्तै पृथ्वीमा कुनै सामान तथा चिजविजहरु हातबाट छोड्ने गर्छन । जबकि, त्यो अन्तरिक्षमा जस्तै न-अडिएर तल खस्छ र टुटफुट हुन्छ ।

– अन्तरिक्षमा यति धेरै ताराहरु रहेका छन् कि, पृथ्वीमा भएको सारा बालुवाको कणहरु भन्दा बढीको संख्यामा ।

– रुसी वैज्ञानिक आफ्नो सुरक्षाको लागि अन्तरिक्षमा गन(Gun) लिएर जाने गर्छन्–

Yiसन् १९७७ मा अन्तरिक्षबाट ७२ सेकेन्ड केहि सिग्नल आएको थियो । तर आजसम्म पनि पत्ता लाग्न सकेको छैन कि त्यो सिग्नल कहाँबाट आएको थियो ।