Tuesday, October 27For your kind information
Shadow

सेती खोलाको खोचमा खसेका युवालाइ नेपाल प्रहरिले गरे उद्धार

काठमाडौं, माघ २७- पोखरामा सेती नदीको खोँचमा अड्किएका युवकको सकुशल उद्दार गरिएको छ ।

 

पोखरा महानगरपालिका(९ पार्वती टोलस्थित सेती नदीको खोँचमा आफ्नो कुकुर अड्किएपछि कुकुरलाई बचाउन लाग्दा २३ वर्षीय आकाश गुरुङ आफै खोचमा खस्न पुगेका थिए ।

खोचमा फसेका गुरुङलाई स्थानीयहरुले देखी प्रहरीलाई खबर गरेपछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उद्धार गरेको हो ।

खोचबाट सकुशल उद्दार गरिएका उनको अबस्था सामान्य रहेको बताएका छन।