Thursday, October 29For your kind information
Shadow

आखिर किन गरे त मोदिले नेपाल नआउने निर्णय

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउँने बताइएको छ । नेपालले आगामी चैत तेस्रो साताका लागि तय गरेको ‘सगरमाथा संवाद’ मा भारतीय प्रधानमन्त्री मोदी सहभागी नहुने स्पष्ट भएको छ ।

सगरमाथा संवादका लागि नेपालका तर्फबाट मोदीलाई निमन्त्रणा गरिएको पुष्टी गर्दै काठमाडौंमा परराष्ट्र स्रोतले भन्यो, ‘उहाँ (मोदी) को विभिन्न कार्यतालिका नियालेर मात्रै भ्रमण तय हुन्छ, संवादमा भन्दा पनि अन्य समयमा नै नेपाल भ्रमणमा होला ।’

संवादमा मोदी सहभागी नहुने भएपछि भारतबाट सकेसम्म उच्चस्तरकै सहभागिताका लागि प्रयास गरिरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

@भारतीय प्रधानमन्त्रीको विदेश भ्रमणको निर्णय विभिन्न प्रक्रियापछि निर्धारण गरिने भएकाले उपयुक्त समयमा नेपालतर्फको सूची जानकारी गराइने भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय अधिकारीका अनुसार फागुन लागेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमण गर्ने निधो भइसकेकाले त्यसबारेमा आवश्यक तयारी भइरहेको छ ।

आखिरनेपालले सगरमाथा संवादमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदीसहित सार्कका सबै राष्ट्र एवं सरकार प्रमुखका साथै अन्य मित्रराष्ट्रलाई पनि निमन्त्रणा गरेको छ ।