Wednesday, October 21For your kind information
Shadow

अब पुरा गर्नुहोस आफ्नो सबै वर दैलेखको सबैभन्द आग्लो स्थान मा रहेको महवु धाम मा गएर

कर्णाली प्रदेशअन्तर्गत दैलेख र कालीकोट जिल्लाको सिमानामा पर्ने महावु धाम विश्वका धेरै मानिसको आस्थाको धरोहर हो । उत्त स्थानमा प्रत्येक वर्ष जनै पुर्णीमाक अघिल्लो दिनदेखि तिन दिनसम्म भव्य धार्मीक मेला लाग्ने गर्दछ।

समुन्द्र सतह देखि ४ हजार २ सय मिटर अग्लो फाँटमा रहेको रमणिय धार्मिकस्थलमा एउटा मात्र बर मागे पुरा हुने बिश्वास कायम रहेकाले प्रत्येक वर्ष हजारौ आन्तरीक वाहिय धार्मीक पर्यटक महावु धाम पुग्ने गरेका छन।

महावुको महिमा दुई जिल्लाको सिमाना पर्ने महाबु धाममा दैलेखको भुर्ति ठाउँका आर्चाय ब्राहमणका बोल्न नसक्ने छोरा भैसी चराउन गएको वेला ढुंगामा सुतेको अवस्थामा ढुंगा भित्रबाट शरिर धकेलीए पछि उनले आफुसंग रहेको हसीयाले खोतल्दा शिब भगवानको उत्पति भई दर्शन पाएको भन्ने किम्वदन्ती छ।

शिव भगवानको उत्पति भएपछि बोल्न नसक्ने आर्चाय ब्राहमणका छोरालाई बेद पढ्न सक्ने बरदान दिई शिला लिुगंमा दूध चढाउनु र अरु कसैलाई नभन्नु भनी आज्ञा दिएको भन्ने भनाई रहेको छ।

उत्त कुरा उनका साथिले थाहा पाएपछि सबैलाई भन्न लगाएको र भनेका आचार्यका छोराले शिब भगवान बाट पाएको बरदान सुनाए लगतै उनको मृ*त्यु भएकाले यहि किम्बदन्तीअनुसार महावु धाममा दुई सय वर्ष अगाडिबाट शिव भगवानको र्दशनगर्न आउँन धार्मीक पर्यटकको बाक्लो उपस्तिथि हुने गरेको छ। सन्तान नभएकाले सन्तान मागेमा सन्तान हुने र पाप नाश हुनेछ।

पर्यटन प्रवर्द्धनका लागि ७ सय ७७ सिडी निर्माण महावु धाम जाने पर्यटकका सहजताका लागि २ किलोमिटर पदमार्ग सँगै ७ सय ७७ वटा सिडी निर्माण गरिएको छ।

बर  सबैउक्त पदमार्गका निर्माणकालागि डिभिजन वन कार्यालय दैलेख र उपभोक्ता समितिको श्रमदान सहित २३ लाख १० हजार ३ सयमा पदमार्ग निर्माण सम्पन्न भएको छ ।