Tuesday, October 27For your kind information
Shadow

अब भ्रस्टचारिलाइ भगाउनी प्रधानमन्त्री को निर्णय।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी जो सुकै भएपनि कार्वाही गर्ने बताएका छन्। प्रधानमन्त्रीले अहिलेको सरकारले अब वास्तवमै भ्रष्टचार न्यूनिकरणको रणनीति लिएको बताए।

सशस्त्र प्रहरीको १८ औं वार्षिकोत्सबका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार म गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं यसले वास्तवमै भ्रष्टचार रोक्नेछ। अब सरकारले देखावटीमा होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गछौं सबै ढुक्क भए हुन्छ प्रधानमन्त्री ओलीले भने।’

यसअघि नियन्त्रण गर्ने निकायले नै शक्तिको आडमा आफैँ भ्रष्टाचार गर्ने पाइएकाले नेपालमा भ्रष्टचार निक्कै ठूलो समस्या भएकाले अब त्यस्ता निकाय र पदमा आसिनहरुलाई पनि छोड्ने छैनौँ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले अहिले लडाइ र द्वन्द्व सकिएपनि फेरि केहीले निम्त्याउन खोजेको भन्दै सरकारले त्यस्तो हुन नदिने बताएका थिए।

डावस बैठकमा पनि आफूले नेपालमा सुन्दरता मात्र नभइ उर्वर भूगोग, गौरवपूर्ण इतिहास र पूर्खाको बलिदानि भएको उल्लेख गर्दै लगानीका लागि आव्हान गरेको उल्लेख गरे।