Saturday, October 31For your kind information
Shadow

भाग्य नेउपानेले दिनभरी संकलन गरेको सहयोग रकम बेलुका लाँदा बिरामी आमाको निधन: पुरै भिडियो हेर्नुहोस

आमा अस्पतालको बेडमा जिवनसंग लडिरहेकी, बुवा पनि अस्वस्थ्य । आमा र बुवा क्यान्सर पीडित भएपछि एक जना १७ वर्षकी बालिकाको अवस्था के भयो होला ? आमाबुवाको काखमा लुटुपुटु गर्ने बेलामा आमाबुवाको जिवन बचाउन संघर्ष गरेकी विष्णुमाया लो को जिवनमा विहिवार नसोचेको वज्रपात भयो ।

उनले एक दिन अघि मात्र सामाजिक सञ्जालमा रुँदै आफ्नो आमाबुवालाई बचाईदिन अपिल गरेकी थिइन् । किशोरीले रुँदै सामाजिक सञ्जालमा सहयोगको याचना गरेपछि उनका लागि आर्थिक सहयोग जुटाउन अभियान सुरु भएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ता भाग्य न्यौपाने मार्फत आर्थिक संकलन हुन सुरु भएको थियो ।

विष्णुमायाको बुवाको घाँटीको क्यान्सर भएको हो। उनको आमाको पनि घाँटीमा क्यान्सर भएको हो । बुवाको भन्दा आमाको अवस्था नाजुक भएको थियो । छोरा १२ कक्षामा पढ्छन् आमाबुवाको उपचारको लागि रिक्सा चलाएर हिड्छन् । छोरीले अस्पतालमा रेखदेख गरिरहेकी छन् ।

अघिल्लो दिन विष्णुमायाको भिडियो हेरे पछि आर्थिक संकलन गरेर पैसा लिएर अर्को दिन अस्पताल जाँदा उनको आमाले संसार छोडिसकेकी थिइन् । विष्णुमाया आमाको वियोगमा डाँको छोडेर रोएकी थिइन् ।

उनलाई आर्थिक सहयोग गर्न भन्दै गएका भाग्यले विष्णुमायालाई सम्हाल्न पर्ने भयो । विष्णुमायालाई परेको पीडामा उनी सहभागी भए । यस्तो दुखद भिडियो पुरै हेर्न तल थिच्नुहोस ।