Friday, October 23For your kind information
Shadow

कोरोनाका बिरामी निको भएर घर फर्कँदै: हेर्नुहोस नेपालका को को परे (सक्दो सियर गर्नुहोला)

विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्य आपतकाल घोषणा गरेको कोरोना भाइरसका विरामी अस्पतालमा निको भएर डिस्चार्ज गरिएका जानकारी प्राप्त भएका छन् ।

मकाउको समाचार संस्था मकाउ विजनेश डटकममा नेल्सन मौराले स्थानीय स्वास्थ्य अधिकारीलाई उदृत गर्दे लेखेको समाचार अनुसार मकाउमा कोरोना भाइरस पीडित एक व्यक्तिलाई अस्पतालको उपचारपछि पुर्णरुपमा निको बनाएर घर पठाइएको छ ।

चीनको वुहानकी ५२ वर्षीय ति विरामी जनवरी २१ मा उच्च गतिको रेल चढेर मकाउ पुगेकी थिइन् । जनवरी २१ मै अस्पताल भर्ना गरिएकी उनी झण्डै आधा महिनाको सघन उपचारपछि घर फर्कन सक्ने बनेकी थिइन् ।

मकाउको स्वास्थ्य व्युरोका अनुसार कोरोना भाइरस पीडित ९ मध्ये ६ हुवेइ प्रान्त र ३ जना मकाउवासी रहेको पृष्टि भएका थिए ।

कोरोना भाइरसका कारण मकाउमा रहेका नेपालीमा पनि त्रास बढिरहेका बेला मकाउ सरकारले कोरोना भाइरस पीडितको उपचारमा पाएको सफलताले केही हदसम्म कोरोना भाइरस संक्रमणको त्रास कम भएको

नेपाल चेम्बर्स अर्फ कमर्श मकाउका अध्यक्ष सुदर्शन थापा मगर ले संसारन्युजलाई बताएका छन् । उनले अहिले सम्म मकाउका कुनै पनि नेपालीमा कोरोना भाइरसको प्रभाव नभेटिएको समेत बताए ।