Friday, October 30For your kind information
Shadow

भिखारी भनेर हेपिएका मान्छे करोडौँको सम्पत्तिको मालिक निस्केपछी भयो हंगामा (पुरै पढ्नुहोस)

हरियाणाको अम्बाला केन्टमा पुरानो अनाज मण्डीको मन्दिर बाहिर दुई वर्षदेखि भिख मागिरहेका युवक करोडपति भएको पाइएको छ । दुई बहिनीका एक्ला दाजु आजमगढका निवासी भएको खुलेको छ ।

उनको वास्तविक नाम धनंजय ठाकुर हो तर मण्डी आउने जाने स्थानीयहरुले उनलाई जटाधारी भन्थे । उनका पिता राधेश्याम सिंह कोलकाताको एक ठूलो कम्पनीमा एचआर म्यानेजर छन् ।

शुक्रबार धनन्जयकी बहिनी नेहा सिंह उनलाई लखनउबाट लिन आएपछि एक्ला दाजुसँग विछोडिएपछि फेरि भेटिँदासम्मको रोचक कहानीको खुलासा भयो । बिहीबार धनंजयको खुट्टाबाट रगत बगिरहेको देखेपछि गीता गोपाल संस्थाका सदस्य साहिलले उनलाई पट्टि लगाइदिन नजिक बोलाए ।

यही क्रममा साहिलले उनीसँग उनको घर परिवारबारे सोधे । मानसिक स्थिति ठिक नभएका धनन्जयले यसबारे बताउन सकेनन् । फोनमा साहिलले धनंजयको बारेमा कुरा गर्दा थाहा भयो कि फोन उठाउने शिशुपाल धनंजयका ठूलोबा थिए । उनैले युवकको नाम धनंजय बताए ।

शक्रबार धनंजयकी बहिनी नेहा उनलाई लिन हरियाणा पुगिन् । दाजु मन्दिरबाहिर बसेका थिए । दाह्री र कपाल बढेका थिए । बहिनीलाई देख्नासाथ धनंजयले उनलाई चिने । नेहाले भारतीय मिडिया दैनिक भास्करसँग कुरा गर्दै बताएअनुसार एक्लो छोरो भएका कारण धनंजय परिवारमा निकै प्रिय थिए र जिद्दी पनि थिए ।

उनले ग्रयाजुएशन गरेका छन् । उनलाई नशाको लत लागेको थियो । यसबाट उनको मनस्थिति बिग्रिँदै गयो र एक दिन उनी घर छोडेर हिँडे । परिवारले उनलाई खोज्ने निकै प्रयास गरे तर उनी भेटिएनन् । अहिलेसम्म त परिवारले आशा पनि मारिसकेका थिए ।