Saturday, October 31For your kind information
Shadow

उमेश घर फर्कँदा उनकी ७५ वर्षीय आमाको खुसी थामिएन: आमाको यस्तो माया अवस्य पढ्नुहोला

मृत्युको मुखमा पुगिसकेको छोरा घर फर्किदाको खुसी धनुषाको कमला नगरपालिका ५ पर्साकी ७५ वर्षीया अमरदेवी यादवलाई जति अरुलाई कमै थाहा होला ।

वैदेशिक रोजगारीका क्रममा पुगेर मृत्युदण्डको सजाय सुनाइएको पर्साका उमेश यादव सोमबार घर पुगेका छन् । उमेशलाई स्वागत गर्न श्रीमती सञ्जु र दुई छोरा जनकपुर विमानस्थलमै पुगेका थिए ।

एक त उमेरले साथ दिएन, अर्कोतिर एक वर्षदेखि प्यारालाइसिसले थपिएका श्रीमान भोलाको पनि हेरविचार गर्नुपर्ने थियो । त्यसैले उनी छोरा कतिबेला आउँला भनेर पिढीमा बसेर बाटो हेरिरहिन् ।

१४ वर्षपछि घर फर्किएका उमेशलाई स्वागत गर्न गाउँलेहरु पनि जम्मा भएका थिए । उनीहरुले बाजागाजासहित स्वागत गरे । जब उमेशलाई घर नजिकै देखिन्, अमरदेवीले आखाँ रसाए ।

उनी उमेशको स्वागतमा दैलोमा कलश राखेर बसेकी थिइन् । माया मारिसकेको छोरा घर फर्किँदाको खुसी उनको मुहार प्रष्ट देखिन्थ्यो ।अमरदेवीले आरती गरिन्, अनि उमेशको हातमा ५० रुपैयाँ राखेर मुख हेरिन् ।