Friday, October 23For your kind information
Shadow

एनसेलका टावरमा विप्लवद्वारा आगजनी: एनसेल विरुद्द किन यस्तो गर्दैछ विप्लव ? (पूरा पढ्नुहोस)

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी करछल्ने ऐनसेल विरुद्ध कठोर बन्दै गएको छ। नेकपाले देशव्यापी रुपमा एनसेलमाथि आक्रमण सुरु गरेको हो। काठमाडौँ लगायत दर्जन बढि ठाँउहरुमा रहेका एनसेलका टावरहरुमा एकैसमयमा आगजनी भएको छ।

 

आइतबार बिहान काठमाडौको चण्डेश्वरी, गुल्मीको धुर्कोट स्थित कोट, कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरी, रुपन्देहीको शुद्धोदन गाउँपालिका सिसै, पाल्पाको बगनासकाली गाउँपालिका तानसेन, नवलपरासीको पाल्ही गाउँपालिका पाल्ही,

अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं ६ जुकेना, नवलपुरको कावासोती १७ वगनवली, बुम्दीकाली ३ रकुवाका एनसेल टावर, मकवानपुरको इन्द्र सवोवर गाउँपालिकाको देउराली, हेटोडा उपमहानगरपालिका १५ रातेमाटे, मनहरी गाउँपालिका ५ दिल्लीपुर,

रौतहटमा चन्द्रपुर नगरपालिका १ कलटोल, चितवनको खैरेनी र कालिकामा बम विस्फोट र आगजनीबाट ध्वस्त गरिएको छ। काठमाडौँको टोखा नगरपालिका वडा नम्बर २ चन्डेश्वरी मन्दिर नजिकै टिकानारायण श्रेष्ठको खाली जग्गामा राखिएको एनसेलको टावर पनि आगजनीबाट ध्वस्त भएको छ।

टावरमा लागेको आगो निभाउन टोखा नगरपालिकाको दमकल, स्थानिय र प्रहरी परिचालित भएको थियो। आगलागीबाट जेनेटर, संचारको तारहरु नष्ट भएका छन ।

एनसेलमाथि विप्लव नेकपाले विगतदेखिनै देशभर कारवाही गर्दै आएको जनाएको छ। नेकपाले स्थानीयका घरका छतमा राखिएका एनसेल टावर तत्काल हटाउन र सिम बहिष्कार गर्न अपिलसमेत गरेको छ।