Monday, October 26For your kind information
Shadow

आस्था रावतलाई दीपक राज गिरिको कडा जवाफ, सबै नेपाली सकित: उनको स्टाटस अवस्य पढ्नुहोला

केहि दिन यता गायिका आस्था राउतले फेसबुक मा लाइभ गरेको भिडियोले मिडिया तातिरहेको छ । एक कार्यक्रम मा जादा एयरपोर्टमा महिला प्रहरीले दुर्व्यावाहर गरेको भन्दै तथानाम गालि गरे पछी आस्थालाई अहिले लाइभ भिडियो निकै तनाब दिएको छ ।

 

एयरपोर्टको सिसिटिभी फुटेज बाहिरिएसंगै आस्थाको शैली माथि नै प्रश्न चिन्ह उठीरहेको छ । उनि लाईभ आएर आफ्ना अभिव्यक्ति दिईरहेकी छिन् भने प्रहरी उनि विरुद्ध कारवाही गर्ने तयारीमा रहेको छ । प्रिय आस्था बहिनी । यो बिषयमा लेख्न मन थिएन तर तिम्ले निरन्तर गालि खाएको देखेर किन किन लेख्न मन लाग्यो ।

म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू । यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छु । समस्या कॉहाबाट आयो भने । तिमिले भिडको सामना गर्दै प्रहरी लाइ चेक गराउदै अधि बढ्नु पर्यो । भिड र संबेदनशील क्षेत्र मा काम गर्ने प्रहरी जवान हरू लाइ छुट्टै प्रेसर हुन्छ । उनिहरू लाइ छुट्टै दवाव हुन्छ ।

 

उनिहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ति भए ज़ागिरै संकटमा पर्छ । त्यस्तो बेला उनिहरू वाट अलि रूखो ब्यबहार निस्किन्छ पनि त्यॉहा पनि निस्कियो होला । तर हामि कलाकार वा सेलेब्रिटीज़ को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ । सेलेब्रिटीज़ भनेको सेतो कपडा रहेछ ।

अरू रंगमा दाग नदेखिए पनि सेतो मा सानो दाग पनि देखिहालिन्छ । अत सहनु पर्ने हामिले नै रहेछ । बिदेशमा प्राय: यस्तो घटना हूदैन किनकि त्यॉहा नेता मात्रै भिआइपि हूदैनन् धेरै कर तिर्ने ब्यापारिहरू , नाम चलेका खिलाड़ी, कलाकार हरू लाइ पनि भिआइपि मानिन्छ र सुबिधाजनक ढंगले चेक जॉच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै भिआइपी हो ।

यो संबेदनशीलता लाइ हामिले बुझ्नु पर्छ किनकि हामि भिड बाट नै गुज्रिनु पर्छ त्यस्तो अबस्थामा हामि सतर्क हुनै पर्छ । मापसे कान्ढमा म पनि परे गल्ति मेरै थियो तर जब म प्रहरी को पन्जामा परे म माथि भएको दूर्ब्यबहार डर लाग्दो नै थियो तर मेरो कुरा लाइ कसैले गम्भीरतापूर्वक नै लिएनन् । यसबारे हामिले नै होसियार हुनु पर्ने रहेछ ।

हामिलाई अन्याय नै भयो भने पनि “कलाकार हो फूर्ती देखायो होला फस्यो नि “भनिदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पॉउ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ । तिमिलाई पनि त्यस्तै केहि रूखो ब्यबहार प्रयोग भयो होला । तर गल्ति तिम्रो फ़ेसबुक लाइभ ले गर्यो त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो ।

तिमिलाई केहि नभइ त्यस्तो भनिनौ होला । तर बाहिर बाट हेर्दा तिमि नै अमर्यादित देखियो अत: यो घटना लाइ तिमिले हामिले सबैले एउटा पाठको रूपमा लिनु पर्छ … जे हुन्छ राम्रैको लागि हुन्छ ।आज कतिपय स्ट्याटस हरू “ कलाकार यस्तै घमण्डी हुन्छन् “ भनेर आउछ दुख लाग्छ ।

त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनी संग म माफ़ी माग्छू तिमि पनि माग । सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन , हामि सामान्य नागरिक नै हौ यो बास्तबिकतालाई बुझौँ ।