Tuesday, October 27For your kind information
Shadow

विवादित कुरा बोलेर चर्चामा आइरहने साकार प्रहरी नियन्त्रणमा: आखिर के भयो? (पूरा प्ढ्नुहोस)

विवादित कुराहरु बोलेर फेसबुक लाईभमा आइरहने र्यापर साकारलाई झापा प्रहरीले नियन्त्रणमा लिई परिवारलाई बुझाएको छ । साकार भनिने साकार अधिकारीका मामा नेपालद्धत शिवाकोटी र आमा रोजु अधिकारीले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई खोजतलासको लागि

दिएको निवेदनको आधारमा उनलाई बिर्तामोडको एक होटलबाट बिहिबार नियन्त्रणमा लिई मामालाई बुझाइएको हो । साकार र्याप कन्र्सटको लागि भुटान जाने भन्दै बिगत तिन दिनदेखि बिर्तामोडको एक होटलमा बास बसेका थिए । साथै भिडियोमा खुकुरी देखाउदै चुरोट तानेको समेत देखिन्छ ।

लाईभमै साकारले रवि लामिछानेले संञ्चालन गर्ने लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगको बिषयमा गलत टिप्पणी समेत गरेका छन् । घर परिवारसँग सल्लाह नगरी साकार घरबाट हिडेको भन्दै उनको मामाले प्रहरीलाई खोजतलासको लागि सहयोग मागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले बताए |

साकारलाई झापा निवासी मामा नेपालद्धत शिवाकोटीले प्रहरी कार्यालयबाट बुझेको प्रहरीले जनाएको छ ।साकारलाई नियन्त्रणमा लिएर फर्किएको प्रहरी टोलीको भ्यानमै र्याप हानेको भिडियो स्वयम साकारले फेसबुकमा लाईभ गरेका छन् ।

भिडियोमा एक असईको कमाण्डमा रहेको प्रहरी सबार भ्यान भित्र साकारले र्याप हानेका थिए भने प्रहरीले पनि ताली बजाउदै उनको समर्थन गरेका थिए ।

साथै साकारसँग रहेकी मिकि नाम गरेकी युवतीले पनि भ्यानमा र्याप हानेकी छिन् । उनले नेता र देशको बिरुद्ध बोलेको कारण आमाले चिन्ता लिएर प्रहरीलाई खबर गरेको बताएका छन् ।