Friday, October 30For your kind information
Shadow

सारा नेपालिलाई दुखी बनाउने खबर: विश्व क्रीतिमानी राखेका खगेन्द्र थापा मगरको निध’न

शुक्रवार दिउँसो होचा व्यक्तिको विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको पोखरामा रहेकाे मणिपाल शिक्षण अस्पतालमा नि ध न भएको छ । केही समयदेखि उनको स्वास्थ्यमा समस्या आइरहेको थियो ।

उपचारका लागि उनलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा आइसियुमा भर्ना भएका थापा मगरको शुक्रवार दिउँसो ३ बजे मृ त्यु भएको चिकित्सकहरुले बताएका छन् ।

खगेन्द्रको मृ त्युबारे जानकारी दिइएपनि अन्य कुरा भने खुलाइएको छैन । यसबारे थप रिपोर्ट अस्पतालले चाँडै दिने बताएको छ । खगेन्द्रलाई स्वासप्रश्वासमा समस्या देखिएको थियो ।

उनको शरिरमा हेमोग्लोबिनको कमी, सेतो र ग त आवश्यक भन्दा बढी हुने जस्ता समस्या देखिदै आएका थिए । बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए ।

उनको उचाई ५७ सेन्टिमिटर रहेको छ । थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिएको थियो । रिप लेखी सक्दो सियर गर्नुहोला ।