Wednesday, October 21For your kind information
Shadow

चालकको बुद्धिमानी कि मुर्खता: चितवनमा साईकललाई बचाउँन खोज्दा बसको दुर्घटना, १० जना घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका-१ ज्यामीरेमा बुधबार दिउँसो साइकललाई जोगाउन खोज्दा यात्रुवाहक बस प’ल्टिएको छ। लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बा४ख १३७० नम्बरको बसले साइकलयात्रीलाई जो’गाउन खोज्दा आफैं अ’नियन्त्रित भई सडकबाट २० मिटर तल नालीमा प’ल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दु’र्घटनामा परी १० जना घा’इते भएका छन्। उनीहरुमध्ये दुई जनाको अ’वस्था ग’म्भीर रहेको प्रहरीले जनाएको छ। साइकलमा सवार दुई जना र बसमा सवार आठ जना घा’इते भएका हुन्।

घा’इते सबैको पुरानो मे’डिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै तनहुँमा प्रहरीको ट्रक दु’र्घटना हुँदा एक प्रहरीको मृ’त्यु भएको छ भने ३१ जना प्रहरी घा’इते भएका छन्। तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ दासढुङ्गामा प्रहरीको ट्रक दु’र्घटनामा परेको हो।

घा’इतेमध्ये ४ जनाको अ’वस्था ग’म्भीर भएको प्रहरीले जानकारी दिएको छ। चितवनको देवघाटमा लागेको मे’लामा सु’रक्षा प्रदान गर्न गएको प्रहरीसहितको ट्रक दु’र्घटनामा परेको हो।

देवघाटको माघे संक्रान्ति मेलाको सु’रक्षाका पोखराबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दु’र्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ ।