Saturday, October 31For your kind information
Shadow

बाँच्दिनन भनेर बैतरणी तारेकी २५ वर्षीय श्रीमतिको स्याहार सुसार गर्ने यस्ता महान श्रीमान (भिडियो हेर्नुहोस)

बाहिर हेर्दा जति राम्रो देखिए पनि आजभोली निकै खोक्रो बन्दैछन्, वैवाहिक सम्बन्ध । निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कु’ट’पि’ट गर्ने, या’तना दिने गरेका घट’ना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् ।

 

यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घ’टना भित्रभित्रै लुकाइन्छन् । गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् ।

विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’ संचारकर्मीले अस्पतालमा पुगेर श्रीमानसंग गरेको कुराकानीका क्रममा उनले अहिले निकै सुधार भएको बताएका छन् ।

उनले घटनाको बारेमा बताउंदै भने म बाहिर भएको बेला श्रीमतीले रुँदै फोन गरिन मेरो टाउको दुखेको छ भनेर म तुरुन्तै घर फर्केर हस्पिटल पुर्याएको थिए । उनले श्रीमतीले सास फेर्दा सिठी बजाए जस्तो आउने भित्रको मान्छेले सास फेरेको बाहिर सम्म सुनिन्थ्यो भन्दै बिरामीको बारेमा सुनाए ।

निम्न परिवारमा भएको मान्छेले यसरि हस्पिटलमा उपचार गराउंदा अहिले सम्म २१ लाख खर्च भैसकेको बताउंदै उनले समस्यामा परेको पनि बताए ।