Saturday, October 31For your kind information
Shadow

३ दिनदेखी भोका बृद्धाले खाए ५ रुपैयाँको खाना: सबैको मन रोयो (पुरै भिडियो हेर्नुहोला)

१ रुपैयाँमा सुत्ने कोठा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खाना खान पाउने ब्यबस्था दमकका युवाहरुले गरेका छन । भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खानाबाट उठेको पैसा इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बु जो दुवै मिर्गौला खराब भएका कारण उपचारको क्रममा छन ।

 

शुक्रराजको उपचारका लागी आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा भात खुवाउने अभियान चलाइएको हो । सो स्थानमा युवाहरुले उपलब्ध गराउने एक छाक भात काे मुल्य ५ रुपैयाँ तोकिएपनि सहयोगी मन भएका धेरैले तोकिएको मुल्यसंगै विरामी शुकराजको उपचारका लागि धेरै नै पैसा दिएर सहयोगी हात अघि बढाएमा यो अभियानको प्रभावकारिता बढ्ने अभियानका प्रमुख कुमार राइले बताए ।

 

यहाँ खाना खान आउनेको आजभोली घुइचो नै लाग्न थालेको छ । पाँच सयदेखि आठसय सम्म मानिसहरु आउने गरेको पाइएको छ । सहयोगी संस्था र दाताहरुले खानाका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने र खाना खान आउने ग्राहकले दिएको सहयोग रकमले विरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा अभियानकर्ताहरुको छ ।

एक महिनासम्म चलाउने भनेर सुरु गरिएको भोकलाइ भोजन बाबुछोरिको अभियान अहिले निकै चर्चामा रहेको छ । दैनिक चिसो रातमा सडकमा रुदै रात बिताउने गरिब मानिसहरुको सहभागिता बढी रहेको छ । सडकदेखी महलसम्मका मानिसहरुको दैनिक उपस्तिथि हुन्छ ।

आज एकजना दुइदिनदेखी भोकै अनि हिड्न पनि गाह्रो भएका वृद्ध लौरो बैसाखी टेकेर आँखाभरि आँसु पार्दै पाँच रुपैयाँको खाना खान भनेर आइपुगेका छन । पाँचजना सन्तानका वृद्ध बुबालाई कसैले नहेरेपछी घर निकाला नै गरेपछी एक्ला बनेका अपांग बुबा मागेर आफ्नो ज्या न बचाउदै गरेको बताए ।

बुबाले भोकभोकै चिसो रात बिताउने बताउदै अहिले पाँच रुपैयाँको खाना बाढेको देखेर हामिजस्ता भोकभोकै बस्नुपर्ने बाध्यता भएका हरुलाइ भगवान नै बनेर कुमार आएको बताए ।