Tuesday, October 27For your kind information
Shadow

फेरि आयो दुखद खबर: डुबेको अवस्थामा शव फेला परेको छ (रिप लेखी अवस्य पढ्नुहोला)

कपिलवस्तु २४ पुष- महाराजगंज: कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका -४ काे राजपुर पाेखरी मा पुरुष शव फेला परेको छ। हुलाकी राजमार्ग नजिकै रहेको पाेखरी मा शव डुबेको अवस्था मा फेला परेको छ।

अन्दाजी करिब ३० बर्षको गहुँगोरो वर्णको खैरो ज्याकेट, निलो चेक सर्ट, कालो पाइन्ट लगाएको पुरुषको शब पानीमा डुबेको अवस्थामा फेला परेको हो।

शव डुबेको अवस्था मा देखेपछि राजपुर का स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शब नजिकै लु ४ प ९६९९ नम्बरको मोटरसाइकल समेत पाइएको ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक अशोक कुमार श्रीवस्तवले जानकारी दिनु भयो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दिनहु यस्ता घटना सुन्नमा आउने गरेका छन । के भएको हो खाली नराम्रो कुराहरु मात्र सुनेर दिन बित्ने गरेको छ । यस्तो दुखद खबरलाई सक्दो सियर गर्नुहोला ।