Saturday, October 24For your kind information
Shadow

विश्वमै सबैभन्दा छिटो विकास गर्ने देशको सुचिमा नेपाल: पूरा पढ्नुहोला

अर्थमन्त्री युवराज खतिवडाले नेपाल अहिले सबैभन्दा छिटो विकास भइरहेका विश्वका दश मुलुकको सूचीमा पर्ने जनाउँदै आर्थिक समृद्धिका लागि यो सकारात्मक सूचक भएको बताउनुभएको छ ।

मेची बहुमुखी क्याम्पसको प्रशासनिक भवनको आज उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले दक्षिण एशियामा नेपाल र बङ्गलादेशको आर्थिक वृद्धि दर अरूको भन्दा माथि भएको बताउनुभयो ।

वर्तमान सरकारले मुलुकको आर्थिक क्षेत्रमा लिएका नीतिको सकारात्मक नतिजा विस्तारै देखिने उल्लेख गर्दै उहाँले अघिल्लो सरकारले शुरु गरेका अधुरा विकासका आयोजनालाई समेत पूर्णता दिन बजेट छुट्याइएको जानकारी दिनुभयो ।

शिक्षाको विकास गर्न सरकारले प्राविधिक, वैज्ञानिक र व्यावसायिक शिक्षामा लगानी गर्ने नीति लिएको बताउँदै अर्थमन्त्री खतिवडाले मेची बहुमुखी क्याम्पसको बन्न लागेका भौतिक संरचना निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

अर्थमन्त्री खतिवडा र पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले । त्रिभुवन विश्वविद्यालय अनुदान आयोग र नेपाल सरकारको सहयोगमा क्याम्पसका सबै संरचना निर्माण हुने भएका छन् ।

पूर्वउपप्रधानमन्त्री सिटौलाले मेची बहुमुखी क्याम्पसको विकास र विस्तारमा सबै राजनीतिक दलको सहयोग रहेको बताउँदै”