Tuesday, November 24For your kind information
Shadow

आज सनिवारको दिन राशिफल हेर्नुहोस : आटेको पुग्नेछ (काम सुरु गर्नु अघि पढ्नै पर्ने)

मेष (चु चे चो ला लि लु ले लो अ): दबाब र तनाबको महसुस हुनेछ । सन्तानपक्षको मायामा कमि आउन सक्ला । यात्रामा सावधानी अपनाउनु होला । महत्वोपुर्ण अवसर गुम्ने लक्षण छ ।

वृष (इ उ ए ओ व वि वु वे वो): परिवारजनको साथले गर्दा नयाँ आशा पलाउने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । दाम्पत्य सुख र मित्रताको बन्धान कसिने योग छ ।

मिथुन (का कि कु घ ङ छ के को हा): चिताएको कामले तिव्रता लिनेछ । नोकरिबाट मान सम्मान मिल्ने छ । परिश्रम अनुसारको फल पनि राम्रै पाइनेछ ।

कर्कट (हि हु हे हो ड डि डु डे डो): बुद्धिको राम्रो प्रयोगले जटिल काम समेत सम्पादन हुन सक्छ । अधिकारका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे): विचार पुराएर निर्णय लिनु होला । दाम्पत्य जिवनमा निरासता आउने योग छ । मनभित्र दोधारको अवस्था सिर्जना हुनेछ ।

कन्या (टो पा पि पु ष ण ठ पे पो): धेरै अवसर आउने छन जसकारणले मन प्रसन्न हुनेछ । लाभदायक यात्राको अवसर प्राप्त हुनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन ।

तुला (रा रि रु रे रो ता ती तु ते): मनमा शान्ती र अनुहारमा कान्ति आउनेछ । सुभकार्यको चर्चा हुनेछ । व्यापार र पेसामा प्रगतिको वातावरण बन्नेछ ।

वृश्चिक (तो ना नि नु ने नो या यी यु): न्यायिक कार्यमा सफलता मिल्नेछ । रोकिएका काम पूरा हुन सक्छन । पठनपाठनमा ध्यान केन्द्रीत हुन सक्छ ।

धनु (ये यो भा भि भु धा फा ढा भे): आफू कमजोर भएको अनुभूति हुनेछ । सामान हराउन सक्नेछ । मतिभ्रष्ट हुने समय रहेको हुनाले सचेत रहनुहोला । आफन्तसँग मनमुटाव बढ्न सक्छ ।

मकर (भो जा जि जु जे जो ख खि खु खे खो गा गि): यात्राबाट दिर्घकालिन फाइदा हुनेछ । स्वास्थ सबल रहनेछ । अधुरा काम पूरा हुनेछन ।

कुम्भ (गु गे गो सा सि सु से सो दा): तर्क र विवादमा सफलता मिल्नेछ । जटिल काम पनि सजिलै सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभामा सकृय रहने योग छ ।

मीन (दि दु थ झ ञ दे दो चा चि): आजको दिनमा भरपुर हाँसखेल र मनोरञ्जनात्मक हुनेछ । अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्ने योग छ ।