Tuesday, October 20For your kind information
Shadow

बैतडिका पत्रकार अवस्थिका २ महिने छोराको कलेजो प्रत्यरोपणलाई आर्थिक सहयोग गरौँ

बैतडी- बैतडीका पत्रकार महेश अवस्थीका दुई महिने छोराको कलेजो प्रत्यारोपमा आर्थिक सहयोगका अपिल गरिएको छ । ठुलो धनराशी खर्च गरी भारतको चेन्नईमा कलेजो प्रत्यारोप गरिएका अवस्थीका छोराको

उपचारमा थप रकम आवश्यक पर्ने भएकाले बैतडीबाट शिवांश बचाउ अभियान सुरु गरी आर्थिक सहयोगका लागि अपिल गरिएको हो । बैतडीको रेडियो निङलासैनी र रेडियो सेभन स्टारका सञ्चालक समेत रहेका अवस्थीका छोराको उपचारमा सहयोग गरिदिन अपिल गरिएको हो ।

सहयोग गर्ने व्यक्तिलाई अवस्थीको ग्लोबल आईएमई बैंक बैतडीको ३१०७०१०००९९४७ र एनसीसी बैंक बैतडीकै ०२०००००१६४४१० नम्बरको खातामा सहयोग राशि जम्मा गरिदिन आग्रह गरिएको छ ।

यो समाचार सक्दो सियर गरेर सहयोगको माग गर्नुहोला । ठूलो दिल गर्नुहोला, तपाइको सहयोगले कसैको प्राण बच्न सक्छ ।