Tuesday, October 20For your kind information
Shadow

चर्चित गायक रामकृष्ण ढकालले सबै रुने स्टाटस हाले, भन्छन “मेरो सम्बन्ध बिच्छेद भएको छैन”

गायक रामकृष्ण ढकालले श्रीमतीसँग सम्बन्ध विच्छेद नभएको स्पष्ट पारेका छन् । नेपाली मिडियाले अनुमानका भरमा लेखेर म र मेरो परिवारका लागि नकारात्मक प्रभाव पार्ने उदेश्यले गलत समाचार ल्याएको दावी समेत गरेका छन् । उनले भनेका छन् म जे छु मेरा दर्शक श्रोता र मेरी श्रीमतीकै कारण छु ।

उनका शब्दले अधिकांशलाई रुवाउने खालको भावुकता छल्किएको छ । बाँकी उनकै शब्दमा हेर्नुहोस् । मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो

देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु। पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन

संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल

नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु । व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो।