Wednesday, October 21For your kind information
Shadow

नेपालमा रेल गुड्दै: बिराटनगर देखि इनरुवा हुँदै काँकडभिट्टा सम्म रेल पुग्ने (पूरा पढ्नुहोला)

विराटनगर (प्रदेश १) मा निर्माण हुने विद्युतिय रेलमार्गको बातावरणीय प्रभाव मुल्याकन तयार भएको छ । विराटनगर–इटहरी लिङ रेलवेज २०।१६ किलोमिटर हुनेछ । इनरुवा काकडभिट्टा रेलवेजको लम्बाई भने १०६।५९ किलोमिटर हुनेछ ।

जम्मा १२६। ७५ किलोमिटर रेलवेज निर्माण गर्दा ९० अर्ब दुई करोड, ८२ लाख ८६ हजार लागत अनुमान गरिएको छ । पूर्व पश्चिम रेलवेज निर्माण गर्दा ६ सय ३५। ७७ हेक्टर जग्गा अभिग्रहण गर्नुपर्नेछ । सो मध्ये ५ सय १२ हेक्टर खेती योग्य जमिन र १९।६० हेक्टर वन क्षेत्र पर्छ ।

त्यस्तै ३३ हेक्टर घनाबस्ती क्षेत्रमा पर्छ । विराटनगर इटहरी रेलवेज निर्माण गर्दा १९३ परिवार प्रत्यक्ष प्रभावित हुनेछन् । प्रस्तावित पूर्व पश्चिम रेलवेजको इनरुवा काकरभिट्टा खण्डमा ३५७ घरधुरी प्रभावित हुनेछन् ।

२०० किलोमिटर प्रतिघण्टाको रेलवेज निर्माण गर्दा चारहजार परिवारको ५ सय १२।६९ हेक्टर जमिन अधिग्रहण हुनेछ । विद्युतिय रेलवेजको बातावरणीय प्रभाव मुल्याङक ९इआइए० गरेका विज्ञ रिकेश चित्रकारका अनुसार इनरुवा बजारको जनता चोक नजिकैबाट सुरु हुने रेलवेज

पूर्व पश्चिम राजमार्गको करिब २ किलोमिटर दक्षिण हुँदै काकडभिट्टासम्म पुग्नेछ । काकडभिट्टामा मेची नदीबाट २ किलोमिटर भित्र अन्तिम स्टेशन बन्ने उनले बताए । भारतीय सहयोगमा बथनाहदेखि कटहरीसम्म रेलवेज निर्माणको काम जारी छ ।

नेपाल सरकारले निर्माण गर्ने लिङक रेलवेज भने कटहरी हात्तीमुडा हुँदै इटहरी स्टेशनसम्म लगेर जोडिनेछ । १८ स्थानीय तह जोड्ने प्रस्ताव प्रस्तावित रेलेवजले तीन जिल्लाका १८ स्थानीय तहलाई छुनेछ । पूर्व पश्चिम राजमार्ग पश्चिम झापाको तीन वटा, मोरङका नौं वटा र सुनसरीका तीनवटा स्थानीय तहलाई छुनेछ ।

ती स्थानीय तहमा केही वडालाई रेलवेजले छुनेछ । प्रस्तावित रेलवेजमा सुनसरीको भोक्राहा गाउँपालिकाका ५ र ७ नम्बर वडालाई छुनेछ । त्यस्तै इनरुवा नगरपालिकाको २,४,५,७ र ९ वडा र इटहरी उपमहानगरपालिकाका ७,१० ११,१२,१४,१५ र १६ वडालाई रेलवेजले छुनेछ ।

पूर्व पश्चिम रेलमार्गले सुन्दरहरैचा, बेलबारी, पथरी शनिश्चरे, उर्लाबारी नगरपालिका र कानेपोखरी गाउँपालिकालाई छुनेछ । त्यस्तै विराटनगर इटहरी लिङ्क रेलवेजले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, ग्रामथान गाउँपालिका र कटहरी गाउँपालिकाका केही वडालाई छुनेछ ।

झापाका दमक नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षि नगरपालिका, कन्काई नगरपालिका, विर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकालाई छुनेछ ।