Saturday, October 24For your kind information
Shadow

रंगशाला बाहिर धुर्मुसले खोले सुन्तला ठेला: पैसा सबै निर्माण कार्यमा जाने (हेर्नुहोस भिडियो)

“अब रंगशाला बन्छ बन्छ बन्छ बन्छ बन्छ बन्छ । आजबाट सुरु भएको छ के त भन्दा खेरी रंगशाला ठेला । रंगशाला ठेला पसल आउनुस आउनुस आउनुस । सुन्तला बदाम केरा पानी, सुन्तला बदाम केरा रंगशाला ठेला । यहाँ जे जे पाइन्छ खाएर रंगशालालाई सपोर्ट गरिदिनुहोस ।

सत प्रतिशत यहाँको रकम चाहिँ रंगशालालाई जान्छ ।” धुर्मुसको आवाजमा यस्तो भनेका थिए सिताराम कट्टेलले । आजबाट धुर्मुसले क्रीकेट रंगशालामा ठेलामा सुन्तला बेच्दै । ठेलाको सबै रकम रंगशालालाई जाने गरि धुर्मुसले सुन्तला ठेला सञ्चालन गरेका छन ।

यसका लागि सामजिक अभियन्ता अर्जुन भुसालले पनि भरपूर रुपमा योगदान गरिरहेका छन । यस्तो ठेला चलाउने अवधारणा कसरी आयो र यसलाई कसरी पछि सम्म कसरी चलाउने भन्ने कुरामा तल भिडियो मा चर्चा गरिएको छ ।

त्यतिमात्र नभएर धुर्मुसको कामलाई सघाउन लामो समयसम्म कतारको जेलमा बसेर अलपत्र परेर सकुसल नेपाल फर्कन सफल भएका बिनोद रानाभाट पनि लागि परेका छन । धुर्मुस सुन्तली फाउन्डेसनका लागि आफ्नो पसिना बगाउन पाएकोमा बिनोदले एकदमै खुसी ब्यक्त गरेका छन ।

बाँकी पूरा भिडियो हेर्न तल थिच्नुहोस ।