Saturday, October 24For your kind information
Shadow

भेटिए संसारकै लामो (११ फिटको) कपाल भएका बाजे: संसार चकित बनाउने भिडियो हेर्नुहोस

दार्चुला: दार्चुला जिल्लाको मार्मा भन्ने ठाउँमा एकजना वृद्ध भेटिएका छन जसले कपाल यति लामो पालेका छन कि साना बच्चा हरुका लागि पिङ्ग पनि बनाउन मिल्छ्होला । दार्चुला मार्माका जयसिङ्ग महरले यस्तो अचम्मको काम गरेर सबैलाई चकित बनाएका छन ।

उनी अहिले आफ्नो जीवनकालको ६९ औँ वर्षमा दौडिरहेका छन । महरका अनुसार उनले उनको कपाल वि सं २०४७ सालदेखी अहिलेको समयसम्म निरन्तर पालिआएका छन । उनको कपाल यति लामो कसरी भयो भनेर कौतुहलता पनि हजुरहरुमा लागिरहेको होला ।

उनको कपाल मिटर टेपले नापेर हेर्दा ११ फिटको लम्बाई प्राप्त भएको छ । यत्रो लामो कपाल पाल्नुको कारण पनि रहेको छ । जयसिङ्गका अनुसार उनलाई दुर्गा भवानी माताले कपाल नकाट्नका लागि आदेश दिएकी थिइन । उनका अनुसार २०४७ साल अघि उनी काम्ने गरेको मात्र बाताएका छन ।

त्यतिबेला खासै ध्यान नदिएका कारण उनी बिरामी पर्न थाले अनि त्यसपछि मात्र उनले सपनाको कुरालाई बित्रबाट ग्रहण गरेर कपाल काट्न छोडिदिए । यस्तो अचम्मको कुरा अनि कपाल हेर्नुहोस तलको भिडियोमा ।