Sunday, October 25For your kind information
Shadow

फेरि आयो दुखद खबर: सिन्धुपाल्चोकको सुकुटेमा फेरि बस दुर्घटना (पुरै पढी सबैले सियर गरौँ)

सिन्धुपाल्चोक: दोलखाको कालिञ्चोक बाट भक्तपुर जाँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटना भएको छ । दुर्घटना हुँदा१४ जनाको मृत्यु भएको छ । बा २ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोशी ७ को पाँच किलो घुम्तीमा दुर्घटना भएको हो ।

सो बस ब्रेक फेल भएपछि सडकबाट करिब २ सय मिटर तल खसेको थियो । कालिञ्चोक तीर्थ यात्रा गराएर फर्किदै गरेको उक्त रिजर्भ गाडीका यात्रुहरु भक्तपुर आइरहेका थिए । घाइतेहरुको उद्दार प्रहरी, सशस्त्र, सेना तथा स्थानियले गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरि कार्यालयका अनुसार मृत्यु हुनेमा ८ महिला, २ जना बालक, २ बालिका र दुई पुरुष रहेका छन् । घाइते भएका २० जनामध्य सिन्धु सदाबहार अस्पताल र त्यहाँ उपचार नहुने बताइएपछि रिफर गरिएका ६ जनालाई काभ्रेको धुलिखेल अस्पताल लगिएको छ ।

मृत्यु भएका कसैको पनि अहिलेसम्म सनाखत हुन भैसकेको छैन । फोटोः मिडिया फाइल । पछिल्लो अपडेट यस्तो रहेको छ: मृतकमध्ये भीमेश्वर नगरपालिकाकी जुनु तामाङको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । समाचार सक्दो सियर गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गरौं ।