Monday, October 26For your kind information
Shadow

प्रचण्ड अघिको नेपाल र प्रचण्ड पछिको नेपाल: हेर्नुहोस प्रचण्डको ६६ वर्षीय राजनितिक यात्रा

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट ६६ वर्ष लागेका छन् । बाबु मुक्तिराम दाहाल र माता भवानी दाहालको जेठो छोराको रुपमा वि.स. २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी–२ मा जन्मिएका अध्यक्ष प्रचण्ड ६५ पुगेर ६६ वर्षमा प्रवेश गरेका हुन् ।

प्रारम्भिक शिक्षा ढिकुरपोखरीबाटै सकेका प्रचण्डले २०२६ सालमा चितवनबाट एसएससी उत्तिर्ण गरेका थिए । पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरे । त्यसपछि चितवनकै रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी उत्तिर्ण गरेका थिए । अध्यक्ष प्रचण्डले एमपिए पूरा गरेका छन् ।

प्रचण्डका तीन छोरी र एक छोरा रहेकामध्ये दुई जनाको निधन भइसकको छ । गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका प्रचण्ड १० वर्षे सशस्त्र संघर्षको नेतृत्व गर्दै तीन करोड जनताको राज्यकै बागडोर सम्हाल्ने अवस्थामा आफूलाई ल्याई पुर्याउन सफल भएका छन् ।

वि.सं. २०२८ मा नेकपा पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएका प्रचण्डले वि.सं. २०३१ मा हालका गृहमन्त्र रामबहादुर थापा बादलसहितको समूहसँग मिलेर माक्सवादी अध्ययन समूह गठन गरे । उनी वि.सं. २०३६ मा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भए ।

वि.सं. २०४८ मा नेकपा (एकता केन्द्र)को महामन्त्री बने । वि.सं. २०५१ मा भएको राष्ट्रिय सम्मेलनले पार्टीको नाम फेरि नेकपा एकता केन्द्रबाट नेकपा (माओवादी) राख्ने निर्णय गरेका प्रचण्डले ५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । वि.सं. २०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी)को अध्यक्षमा निर्वाचित भए । सक्दो सियर गरेर सबै माझ पुराउनुहोला । प्रतिक्रिया दिन नभुल्नुहोला ।