Monday, October 26For your kind information
Shadow

खुसिको कुरा: मध्यपहाडी राजमार्गमा पुल निर्माण अ’लपत्र पारेर छोड्ने पप्पुलाई ६ करोडको जरिवाना

नेपालको मध्यपहाडी राजमार्गमा पुल निर्माण को काम अ’लपत्र पारेर छोड्ने पप्पु नेपाल प्रगती जेभी सँग ठेक्का सम्झौता तो’डिएको छ । पटक पटक चे’तावनि दिँदा पनि दुई-वटा निर्माण पूरा नगरेको भन्दै मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलले कालो सुचीमा राखेर ध’रौटी समेत जफत गर्ने निर्णय गरेको हो ।

यसका निमित्त कार्यालयले सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस गर्ने मध्यपहाडी राजमार्ग कार्यालयले जनाएको छ । पप्पु नेपाल प्रगती जेभिले खुर्कोट घुम्री सडक अन्तर्गत खाङ्साङ र सोलुखोलामा पुल बनाउन वि सं २०६८ सालमा सम्झौता गरेको थियो । तर जति पटक स्पष्टिकरण माग्दा पनि चित्त बुझ्दो स्पष्टिकरण नदिएको र काम सुरु नगरेकाले ठेक्का तो’डिएको आयोजनाले जनाएको छ ।

सम्झौता गर्दा राखेको ध’रौटी रकम पनि ज’फत गर्ने र ६ करोड ६० लाख २२ हजार रुपैयाँ जरिवाना पनि भराउने आयोजनाले जनाएको छ । ३५ दिन भित्र सो रकम अर्थात ६ करोड ६० लाख २२ हजार नबुझाए पप्पु नेपाल प्रगती जेभिको अरु सम्पतिबाट असुल गरिने कुरा पनि आयोजनाले जनाएको छ । पप्पु नेपाल रगती जेभी करिब ३० वर्ष अगाडिबाट निरन्तर चलिआएको छ ।