Wednesday, October 21For your kind information
Shadow

अमेरिका जानू अघि केपि ओलिको राजिनामा: यसरी बन्नेछिन बिद्यादेवि भण्डारि प्रधान्मन्त्री

राजनीतिक विश्लेषक तथा स्तम्भकार शौरभले राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्री बन्ने बताएका छन् । विरामी भएर अस्पतालमा उपचाररत केपी शर्मा ओली पदबाट हटेको अवस्थामा राष्ट्रपति भण्डारी प्रधानमन्त्री बन्ने दाबी उनले गरेका छन् ।

उनले भण्डारी राष्ट्रपतिबाट झरेर प्रधानमन्त्री बन्ने दाबी गरे । उनले एक टेलिभिजनसँग कुरा गर्दै भित्रभित्र भण्डारी प्रधानमन्त्री बन्ने चर्चा भएको बताए । पूर्वमाओवादी भित्रबाट सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी बनाउन लबिङमा रहेको उनले बताए।

केपी ओलीपछिको उत्तराधिकारी पुष्पकमल दाहाल प्रचण्ड भए पनि उनले भित्र–भित्र भने भण्डारीको चर्चा रहेको उल्लेख गरेका छन् । उनले भण्डारीपछि प्रचण्डलाई नहेरी इश्वर पाखरेलको नाम चर्चामा रहेको बताए । उनले कालापानी सीमा विवादलाई अन्तराष्ट्रियकरण नगरौं भन्ने अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका लागि सामथ्र्य नभएको बताए ।

उनले प्रधानमन्त्री ओली अहिलेसम्म उच्च बनोबलले जिवित रहेको बताए । यता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हेडक्वार्टर बैठकले भर्खरै सम्पन्न भएको उपनिर्वाचनमा पार्टीको प्रदर्शनबारे गम्भीर समीक्षा गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान साढे ९ बजेपछि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा गर्ने निर्णय गरेको हो । बैठकपछि संचारकर्मीसँग प्रतिक्रिया दिदै पार्टी प्रवक्ता नारायाणकाजी श्रेष्ठले आजको बैठकले उपनिर्वाचनबारे सम्बन्धित कमिटीहरुलाई शीघ्र रिपोर्ट पेश गर्न निर्देशन दिएको जानकारी दिएका छन्।

‘हालसम्म उपनिर्वाचनमा घात-अन्तरघातको सूचना आएको छैन । सम्बन्धित कमिटीहरुले निर्वाचनबारे रिपोर्ट पेश गरेपछि थप समीक्षा हुन्छ,’ श्रेष्ठले बताए । प्रवक्ता नारायणकाजी श्रेष्ठले यही मङ्सिर २३ गते बस्ने सचिवालयको अर्को बैठकले उपनिर्वाचनको व्यवस्थित समीक्षा गर्ने बताए ।

सोही बैठकले साङ्गठनिक एकताका बाँकी काम, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकलगायत विषयमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए । कार्यकारी अधिकार पाएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आज पहिलो पटक पार्टीको सचिवालय बैठक बसेको थियो ।

आजको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे सचिवालय सदस्यहरुलाई जानकारी गराएका थिए ।

बैठकले प्रधानमन्त्रीको स्वास्थ्यमा भइरहेको सुधारप्रति प्रशन्नता प्रकट गर्दै उनको सुस्वास्थ्यको कामना गर्ने प्रस्ताव समेत पारित गरेको छ । अर्को बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने जानकारी दिए ।