Sunday, October 25For your kind information
Shadow

प्रदेश न २ को विकासमा कृषि शैक्षिक क्रान्तिको महत्व नेविसंघ युवा नेता -शशिन्द्र मोहनराज

प्रदेश २ भौगौलिक रुपले नेपालको सबभन्दा सानो तर जनसंख्याको हिसाबले दोस्रो ठुलो प्रदेश हो । भौगौलिक बनोटमा समथल भूभाग, उर्वर भुमि, सिन्चाO {को श्रोत र अनुकुलता तथा मौसमिय हिसाबले वार} महिना खेति र कृषि गर्न अनुकुल रहेको छ । वेलाबखतको वाढि र मसौमी अनावृष्टि बाहेकको ठुलो विपद अरुकुनै पनि नदेखिएको हुँदा कृषिमा नेपालकै सबभन्दा सम्भावना बोकेको प्रदेश हो प्रदेश २ यस प्रदेशमा सुख्खा समयमा व्यवस्थित सिचा {का लागि यहाँका प्रमुख नदिहरु कोशी, कमला, वाग्मती, लाख्नादेवी, र विष्णुदेवी तथा नहरहरु रहेका छन ।

यस यर्थमा पर्याप्त जनसंख्या, उर्बर र उपयुक्त खेति योग्य भुमि, सिचाO{को स्रोत रहेता पनि प्रदेश २ अझैपनि कृषि खाद्यान निर्यात भन्दा पनि आयातमै निर्भर किन रह्यो त ? त्यति मात्रै नभएर अन्तरास्ट्रिय निकाय र सरकारी प्रतिवेदन अनुसार मानव विकास सुचाङ्क HDI र पोषण सुरक्षामा प्रदेश २ निकै पछाडि छ। आश्चर्यजनकनै मानौ देशकै कृषिमा सबैभन्दा सम्भावान्ययुक्त प्रदेशनै खाद्य असुरक्षित प्रान्तमा पर्दछ । कुनै बेलाको धानको टोकरी भनेर चिनिने तराईका जिल्ला रहेको प्रदेश २ को भकारी आफ्नै जनतालाइ पनि खुवाउन नसकेर किन खालि भयो त ?

यस प्रश्नको उत्तरहरुमा एकीकृत कृषि नीतिको कमि, कृषि प्रविधिको अनुपयोग रअविकास, सिचाO{को समस्या, बढ्दो जलवायु परिवर्तनको प्रभावआदि इत्यादी जस्ता समस्याहरुको एउटा पाटो त होनै संगै कृषि सम्बन्धि सामाजिक जागरण, कृषिलाई मर्यादित पेशामा रुपान्तरण नगरिनु, कृषिमा दक्ष जनशक्ति, साधन श्रोत संगै सामाजिक मनोवल तथा पारम्परिक द्रिष्टिकोण लाइ परिवर्त् नगरिनुनै कृषि सम्वद्ध समस्या हरुको अर्को पाटो हो।

विकशित मुलुकको औधोगिकिकरणअघिको इतिहासके लाउने हो भने कृषिक्षेत्रको स्तरोन्नति र विविधिकरण तथा कृषिवाटै विशाल औधोगिक अर्थतन्त्र निमार्ण गरेको उदाहरण हाम्रो अगाडी स्पष्ट छ। उदाहरणका लागि चिन विश्वको ठुलो जनसंख्या र भूगोल भएको देशले सुरुवाती कृषि क्रान्तिवाट आज विश्वको दोस्रो अधौगिक अर्थतन्त्र बनेको छ। चिनको सामुहिक खेतिवाट , विविधिकरण र व्यवस {यिकिकरण गर्न कृषिमा घरघर वाट जनशक्ति जुटाउने नीतिले कृषि क्षेत्रमा व्यापक सामाजिक जागरण र चेतको विकास भयो ।

चीनको कृषिवाट सहरीकरण र औधौकिकरण विश्वसामु विशेषत कम विकसित र गरीब मुलुकहरुको लागि उदाहरणिय छ । गाउँको खेतिवाट सरकारले कच्चा पदार्थ स्वरूप खरिद गर्ने कृषिजन्य उत्पादनहरुलाई उद्योगमा प्रसोधित गरि अन्य पदार्थाहरुको उत्पादन र औधोगिकरण गर्दै सहरिकरण र आधुनिकीकरण गर्दै गए। चीनले सुरुमा गाउँको कृषिक्षेत्र बाटै शहर निर्माण गरे र अहिले शहरबाट गाउलाई निर्माण गर्दैछ। साथै कृषिमा आधुनिकीकरणपनि संगै लादै अहिलेको आधुनिक सामजमा कृषिलाइपनि मर्यादित र व्यवसायिक पेशको रुपमा स्थापित गरेको छ ।

तसर्थ कृषिमा सामजिक जागरण चीनको महत्वपूर्ण छलांग हो। त्यैसै गरि ईजरfलको कृषिमा चमत्कारिक वैज्ञानिक खोज र अनुसन्धान, अमेरिका र जापान जस्ता विकशित र ठुला अर्थतन्त्रले कृषिमा उत्पादकत्व व्रिधि र विविधिकरणको सफल प्रयासको उदाहरणहरु हामी संग छर्लंग नै छ । तर यी सबको सफलता व्यापक कृषि जागरण र व्यवहारिकरण, कृषि क्षेत्रमा नविनतम खोज र प्रयोग तथा कृषि क्षेत्रलाइ व्यावसायिकीकरण गर्ने तिनीहरुले आप्नाएको व्यवहारिक कृषि शिक्षा हो ।यी ठुला अर्थतन्त्र तथा विकसित देशको औधौकिकरणमा कृषिको भूमिका व्यापक सामजिक सचेतना र कृषि शिक्षाले ल्याएको हो ।

ति देशका जनतामा कृषिलाई जीविकोपार्जन मात्रै नभई व्यवस{fयिक पेशा रहेको सफल कृषि अभ्यासले दिएको हो । यस्तै अभ्यास र व्यापक कृषि लक्षित शिक्षा तथा अनुसन्धानले आज ति देदेशहरु अधिक मानवआश्रित कृषिबाट कृषिको यान्त्रिकरण र यान्त्रिक खेति युगमा प्रवेश गरिसके तर हामि अझै पनि कृषिलाई उपेक्षितनै गरेर बसेका छौ ।

प्रदेश २ को भौगोलिक बनोट, उपलव्ध जनशक्ति, स्रोत र साधनले कृषिमा ठुलो क्रान्ति गर्न सक्ने सम्भावना बोकेको छ । तर यी अमुर्त स्रोत र साधनलाइ मुर्त रुप दिने दक्ष जनशक्ति र व्यापक कृषि जागरण खाँचो पर्छ। प्रदेश २ को सामर्थ्य कृषि र औधौकिकरण हो त्यसैले पनि कृषि शिक्षाको महत्वलाई बढाइ जनशक्ति उत्पादन, प्रवर्धन तथा स्थापित सामाजिक मान्याता लाइ पुनर्जागृत गरी प्रदेश अनुकुल सामर्थ्यको सदुपयोग र परिचालन गर्दै विकासको प्रस्थानम कृषिवाटै गर्दै उच्च औधोकिकरण तिर लम्किनु अहिलेको समय को माग हो ।

यसै सन्दर्भमा हाल नेपालमा रहेको २० कृषि कलेजमा प्रदेश २ कृषिमा सशक्त र सामर्थ्यवान रहेकोमा एउटा पनि कृषि सम्बध शिक्षालय तथा अनुसन्धान केन्द्रहरु नहुनु प्रदेशको विकासको लक्ष्यको निरासजनक सूचक हो । प्रदेशको सामर्थ्य अनूकुल स्रोत,साधन र जनशक्तिको आपूर्ति नहुनु विकासको गति लाइ ढिला सुस्ती गर्नु हो ।

यस अर्थमा हाल प्रदेशको आठ जिल्लामै कृषिको डिप्लोमा तह, प्रदेश स्तरिय स्नातक, स्नातकोतर सम्म शिक्षा, खोज, अनुसन्धान मुलक निकायहरुको स्थापना प्रदेश २ को मुख्य आवस्यकता हो । आफ्नो सामर्थ्य अनुरुपको जनशक्ति उत्पादन र श्रोतको प्रवर्धन गर्नु अहिले प्रदेश २ को प्रमुख आवस्यकता हो जुन संघिय सरकाको समन्वयमा पुर्याउनु सक्नुपर्छ ।

विधमान अधिक सैधान्तिक कृषि शिक्षालाइ परिमार्जित गरि व्यबहारिक कृषि शिक्षाको पाठ्यक्रम विकास र प्रदेश स्तरिय कृषि विश्वविधालयको स्थापना गरि यस प्रदेशको सामर्थ अनुकुलको मानवश्रोतको उत्पादन र प्रवर्धन गर्नु हो । गाउ गाउमा कृषि शिक्षा सम्बन्धि जागरण तथा कृषिविषयलाइअरु बिषयहरु चिक्तिसाशास्त्र तथा इन्जिनियरिंग जस्तै सम्मानित बनाउन व्यवहारिक कृषि शिक्षा, प्रविधिको खोज, अनुसन्धान, विकास, कृषि सम्बध पूर्वाधार विकास गरि उत्पादित जनाश्कतिलाई

उचित ठाउ र रोजगार दिदै समाजमा कृषि पेशालाइ पनि मर्यादित, व्यवसायिक र वैज्ञानिक विषयको रुपमा स्थापित गर्नु हो । सामाजिक रुपमा कृषि सम्बन्धि जागरण ल्याउन समय र प्रभावकारिता दुवैको उतिकै आवश्यकता पर्ने हुनाले यसको लागि कृषि शिक्षा संगै रोजगार प्रवर्धनका आयामहरु खोज्दै जानु पर्छ ।